बिहिवार , आश्विन २९, २०८३
भैरहवा, २९ असोज । रुपन्देहीको सिद्धार्थनगर नगरपालिका–३ स्थित दरखसवा गाउँ समाज, दरखसवा महिला समूह र दरखसवा टोल सुधार समितिले प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा १ लाख ३० हजार ६ सय रुपैयाँ जम्मा गरेका छन् ।
राहत कोषमा दरखसवा टोल सुधार समितिले २५ हजार रुपैयाँ, दरखसवा महिला समूहले ११ हजार रुपैयाँ र स्थानीय समाजसेवी नरेन्द्र बन्जाडेले ११ हजार रुपैयाँ सहयोग गरेका छन् । बाँकी रकम गाउँ समाजले जम्मा गरेको गाउँ समाजका अध्यक्ष विनय ज्ञवालीले जानकारी दिनुभयो ।
बाढीप्रभावितहरूलाई केही भए पनि राहत पुगोस् भन्ने उद्देश्यले उक्त रकम जम्मा गरिएको अध्यक्ष ज्ञवालीले बताउनुभयो।
© 2026 All right reserved to khabarpatro.com | Site By : sobij