२०८२, मंसिर १० गते

Nov 26 2025 | २०८२, मंसिर १० गते

तानसेन–तम्घास सडक पुस २२ सम्म दैनिक ६ घण्टा बन्द

मंगलवार , पौष १३, २०७८

  • 3.0K
    Shares
  • 3.0K
    Shares
  • पाल्पा, १३ पुस ।
    पाल्पाको तानसेन–तम्घास सडक दैनिक ६ घण्टा बन्द हुँदै आएको छ । तानसेन नगरपालिका र रिब्दीकोट गाउँपालिकाको जोर्ते क्षेत्रको भिरमा सडक चौडा गर्न पुस २२ गतेसम्म बन्द हुने सडक कार्यालय पाल्पाले जनाएको छ ।

    हरेक दिन बिहान ९ः३० देखि दिउँसो ३ः३० बजेसम्म सवारीसाधनलाई आवतजावतमा रोक लगाइएको हो । पुस १२ गतेदेखि २२ गतेसम्मका लागि दैनिक ६ घण्टाका दरले १० दिनसम्म सडक बन्द हुने सडक डिभिजन कार्यालय पाल्पाका प्रमुख रामेश्वर लम्सालले बताए ।

    पहाड कटान गरी माटो र ढुंगा सडकमा राख्नुपर्ने भएकाले सडक बन्द गरी काम गर्न थालिएको प्रमुख लम्सालले बताए । पाल्पाको हार्थोक–रिडी क्षेत्रको जोर्तेमा साँघुरो सडकका कारण दुर्घटना र सडक अवरुद्ध हुँदै आएको थियो ।