images

बिहिवार, बैशाख १३ गते २०८१

डण्डाखोला नजिक पर्यटकीय गेटको आवश्यकता किन ?

डण्डाखोला नजिक पर्यटकीय गेटको आवश्यकता किन ?

images
images
images
आइतवार, पौष ११ २०७८
आइतवार, पौष ११ २०७८
  • डण्डाखोला नजिक पर्यटकीय गेटको आवश्यकता किन ?

    सिद्धार्थनगरको वडा नम्बर १ मा भन्सार गेट हुँदाहुँदै डण्डा पुलनिर अर्काे गेटको आवश्यकता किन देखियो ? यो गेटले के सन्देश लिएर आएको छ ? पर्यटक भित्रिने नाकामै भत्केको खाल्टैखाल्टो बाटो, अव्यवस्थित बेलहिया बसपार्क, डण्डापुल नजिकैको कवाडखाना एवं फोहोर र डण्डा खोलाको जमेको पानीबाट निस्कने दुर्गन्ध, नगरभित्रका सडक किनारमा फालिएका मदिराका बोतल, गुट्काको प्याकेट, थुक, दिसा (बिष्टा), थोत्रा कपडा, चप्पल, जुत्ता, भारतबाट दिनहुँ भित्रिने अव्यवस्थित माग्ने, छाडा पशु, दैनिक दशकौ सडक दुर्घटना र सार्वजनिक स्थानमै मदिरापान गरेर सडक दुर्घटना निम्त्याउने अशिक्षित नागरिकका बाबजुद यो गेट निर्मित भएको हो वा ७ करोड खर्च देखाउन ?  यो अपजस सिधा नगरपालिकालाई नै जान्छ, नगरपालिका लगायत नगरपालिकाका टिम दुरदर्शी र आधुनिक विकासप्रेमी नभएको पुष्टि भएको छ ।

    images

    बेलहिया भन्सार गेटलाई नै मर्मत र आधुनिकीकरण गर्न सकिन्थ्यो तर नयाँ गेट नसुहाउने स्थानमा किन निर्माण गरियो ?

    गेटको सट्टा यो ७ करोड, बेलहिया बसपार्कलाई व्यवस्थित र आधुनिकीकरण गर्न र मर्मत गर्न यो बजेट खर्चेको भए, बेलहिया भन्सारबाट भित्रिने भारतीय माग्ने, स्थानीय जड्या, फोहोर एवम् छाडा पशुको उचित व्यवस्थापन गर्न यो बजेट खर्चेको भए, साइकल, मोटर साइकल, कार, गाडीमा वा पैदल यात्रा गर्दै जथाभावी थुक्ने, पानी–मदिरा–बियरका बोतल फाल्ने आदिलाई कडा जरिवानाको पद्दती लागु गर्नमा यो बजेट खर्चेको भए, नगरभित्रका थुप्रै शिक्षित र सीप भएका युवाहरु बेरोजगार छन्, रोजगारको परिपाटीको स्थापना गरेको भए, नगरभित्र थुप्रै सुविधा सम्पन्न सार्वजनिक निःशुल्क अस्पताल बनाएको भए, नगरप्रमुख साँच्चैका नगरपिता सावित हुनुहुन्थ्यो तर ७ करोड खर्चेर त्यो गेट बनाउनाले पुरै साख घटेर जिरो भएको छ ।

    यति हुँदा पनि १३ वटै वडाका एकएक नागरिकले हिसाब माग्दैनन् भने बाँकीले यति बुझ्दा हुन्छ कि यो सबै राजनीति पार्टीको साँठगाँठमा गेट देखाउने दाँत बनाएर ७ करोडको भ्रष्टाचार गरेका हुन् र यसमा सम्पूर्ण नगरबासीको सहभागी र सहमति छ ।

    images
    images
    images
    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij