
शनिवार , पौष १०, २०७८
बुटवल, १० पुस ।
रुपन्देहीको तिलोत्तमा नगरपालिकाका एक वडाअध्यक्षले आफ्नो जन्मदिनलाई सामाजिक काम गरेर मनाएका छन् । तिलोत्तमा–९ का वडाध्यक्ष नारायण न्यौपानेले जन्मदिनको अवसरमा आफ्नै वडाको गौतमबुद्ध माध्यमिक विद्यालय केवलानीका कक्षा १ देखि ६ कक्षा सम्मका १०३ जना विद्यार्थीलाई कापी कलम, लगायत शैक्षिक सामग्री र जुत्ता वितरण गरेका छन् ।
साथै वडा अध्यक्ष न्यौपानेले विद्यालयमा बस सञ्चालनका लागि व्यक्तिगत तर्फबाट एकलाख रुपैयाँ सहयोग गरेका छन् । सो अवसरमा वडा कार्यालयमार्फत विद्यालयलाई स्वास्थ्य सामग्री समेत वितरण गरिएको छ । सो अवसरमा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गणेश शर्मा र प्रधानाध्यापक मृगेन्द्र शर्माले वडा अध्यक्ष न्यौपानेको सहयोगको सराहना गरेका थिए । वडाअध्यक्ष न्यौपानेले आफूले पाउने तलब भत्ता पनि आफूले नलिई विद्यालयका निजी स्रोतका शिक्षकको तलबमा खर्च गर्दै आएका छन् ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij