२०८२, मंसिर १० गते

Nov 26 2025 | २०८२, मंसिर १० गते

गौतमबुद्ध मिडिया प्रा.लि.को अध्यक्षमा पुनः खत्री

शनिवार , पौष १०, २०७८

  • 2.5K
    Shares
  • 2.5K
    Shares
  • भैरहवा, १० पुस ।
    गौतमबुद्ध मिडिया प्रा.लि.सिद्धार्थनगर-७, रुपन्देहीको छैठौं वार्षिक साधारणसभा तथा दोस्रो अधिवेशन शुक्रबार भैरहवामा सम्पन्न भएको छ । अधिवेशनबाट सर्वसम्मत निर्वाचित सञ्चालकहरुको पहिलो बैठकले प्रा.लि. को अध्यक्षमा खिमबहादुर खत्रीलाई पुनः अध्यक्षमा चयन गरेको हो । सात जना सञ्चालकहरु मध्येबाट अध्यक्ष चयन गर्ने प्रा.लि.को व्यवस्था रहेको छ ।
    त्यसअघि अधिवेशनबाट सञ्चालक समिति सदस्यमा खत्रीसहित नारायण प्रसाद भण्डारी, चोपलाल आचार्य, रामचन्द्र रेग्मी, दिनेश पौड्याल, सुरेन्द्र बस्याल र धिरज कुमार मल्लिक सर्वसम्मत निर्वाचित भएका थिए ।  

    gbsss.jpg

    साधारणसभामा वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै गौतमबुद्ध मिडिया प्रा.लि.का अध्यक्ष खिमबहादुर खत्रीले २०७३ साल फागुन २८ गतेदेखि दैनिक रुपमा प्रकाशन हुँदै आएको गौतमबुद्ध सन्देश पत्रिकालाई विभिन्न आरोह अवरोहकाबीच निरन्तर रुपमा प्रकाशन गर्न सफल भएको बताए । उनले  शान्ति र समृद्धिको संवाहक नारासहित गौतमबुद्ध मिडिया प्रा.लि.ले प्रकाशन गर्दै आएको गौतमबुद्ध सन्देश दैनिक बुद्ध जन्मस्थल लुम्बिनीको प्रवेशद्वार सिद्धार्थनगरबाट प्रकाशित एक मात्र दैनिक पत्रिकाको रुपमा स्थापित भइसकेको बताए ।

    कार्यक्रममा मिडिया प्रा.लि.का सञ्चालक चोपलाल आचार्य, नारायण प्रसाद भण्डारी, शेयर सदस्य धिरज कुमार मल्लिक, केशवराज ज्ञवाली, शोभाकान्त नेपाल, शंकर ज्ञवाली, दिनेश पौड्याल, डा. ऋषिराम शर्मा, अनिल कुमार ज्ञवाली, प्रमोद ज्ञवाली, सुरेन्द्र बस्यालले बोल्दै गौतमबुद्ध मिडिया प्रा.लि.द्वारा प्रकाशित गौतमबुद्ध सन्देश दैनिक र अनलाइन संस्करणलाई अझ व्यवस्थित लैजानुपर्नेमा जोड दिए । सञ्चालक समिति, शेयर सदस्य तथा कर्मचारीको टिम सशक्त रुपमा अगाडी बढ्नुपर्ने उनीहरुको भनाइ थियो ।

    गौतमबुद्ध मिडिया प्रा.लि.का अध्यक्ष खिमबहादुर खत्रीको अध्यक्षता, सञ्चालक  माधब न्यौपानेको स्वागत तथा अर्का सञ्चालक रामचन्द्र रेग्मीको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।