२०८३, बैशाख ७ गते

Apr 20 2026 | २०८३, बैशाख ७ गते

एसएसपी यादव मृत्यु प्रकरण : श्रीमती आएपछि मात्रै शव निकालिने 

शुक्रवार , पौष ९, २०७८

  • 4.5K
    Shares
  • 4.5K
    Shares
  • भैरहवा। आफु बस्ने क्वाटरमा झुण्डिएको अवस्थामा मृत अबस्थामा फेला परेका संघीय प्रहरी इकाइ कार्यालय रुपन्देहीका प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) सुशीलकुमार यादवको शव उनकी श्रीमती आएपछि मात्रै निकालिने प्रहरीले जनाएको छ।

    यादवको श्रीमती काठमाडौंबाट दिउँसो ३ बजे भैरहवा आईपुग्ने बताइएको छ। यादवका बुवाआमा घटनास्थल पुगिसकेका छन्। उनी आज शुक्रबार झुण्डिएको अवस्थामा मृत फेला परेका थिए। आफ्नै कार्यालयको क्वार्टरमा आज दिउँसो पौने १ बजेतिर झुण्डिएको अवस्थामा फेला परेको रुपन्देही प्रहरीले जनाएको छ। 

    यादव नवलपरासी रामग्राम नगरपालिका २ निवासी हुन्। उनको घटना पछि अहिले संघिय इकाई कार्यालय रुपन्देहीमा शुरक्षा अधिकारी बाहेक कसैलाई पनि प्रबेश दिईएको छैन्।

    अन्य दिन सामान्य सोधपुच पछि भित्र जान दिने गरेकोमा घटना बाहिर आएपछि गेट बन्द गरिएको छ। कार्यालय अगाडि अहिले मान्छेहरुको भिड लागेको छ। कार्यालय भित्र पत्रकारलाई समेत प्रबेश दिईएको छैन्।