२०८२, श्रावण २० गते

Aug 05 2025 | २०८२, श्रावण २० गते

भैरहवा बहुमुखी क्याम्पसमा ‘स्लो साईकल, स्कुटी र बाइक रेस’

बिहिवार , पौष ८, २०७८

भैरहवा, ८ पुस । 
नेकपा (माओवादी केन्द्र) निकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी) भैरहवा बहुमुखी क्याम्पस मूल इकाई कमिटीको आयोजनामा बिहीबार स्लो साइकल,स्कुटी र बाइक रेस प्रतियोगिता सम्पन्न भएको छ । जसअन्तर्गत ६० जनाको सहभागिता रहेको स्लो साइकल रेस (छात्रा) तर्फ बी.बी.एस. प्रथम वर्षमा अध्ययनरत अनिता पुन मगर प्रथम, रचना खनाल द्वितीय र अलिशा दवाडी तृतीय भएका छन् ।
त्यस्तै ७५ जनाको सहभागितामा सम्पन्न स्लो साइ रेस (छात्र)तर्फ बीबीएस प्रथम वर्षमा अध्ययनरत सुरज कहार प्रथम, बि.ए. प्रथम वर्षका सुनिल यादव द्वितीय र बी.एस.सी. प्रथम वर्षका गणेश यादव तृतीय भएका छन् । 

त्यसै गरी स्लो स्कुटी रेस (छात्रातर्फ) बी.बी.एस. प्रथम वर्षमा अध्ययनरत अनिता पुन मगर प्रथम भएकी छन् ।

स्लो मोटरसाइकल (बाइक) रेस (छात्र)तर्फ बी.बी.एस. प्रथम वर्षका तरुण गुप्ता प्रथम, बी.एड. दोस्रो वर्षका प्रेम यादव द्वितीय र बी.बी.एस. प्रथम वर्षका मुकेश यादव तृतीय भएको अखिल (क्रान्तिकारी) भैरहवा बहुमुखी क्याम्पस मूल इकाई कमिटीका सचिव बिनोद घिमिरेले बताए ।