images
images

शनिवार, जेठ ५ गते २०८१

पर्सामा रासायनिक मलको अभाव

पर्सामा रासायनिक मलको अभाव

समानुपातिक रूपमा वितरण गर्ने तयारी

images
images
images
बुधवार, पौष ७ २०७८
बुधवार, पौष ७ २०७८
  • पर्सामा रासायनिक मलको अभाव

    वीरगंज, ७ पुस ।
    पर्सामा रासायनिक मलको अभाव भएपछि सबै स्थानीय तहमा समानुपातिक रूपमा वितरण गर्ने तयारी गरिएको छ । कृषि सामग्री कम्पनी लिमिटेड प्रादेशिक कार्यालय, वीरगञ्ज र कृषि ज्ञान केन्द्र, पर्साको सहजीकरणमा खेतीयोग्य जमिनका आधारमा मापदण्ड निर्धारण गरिएको हो ।

    images
    images
    images

    स्थानीय तहले सिफारिस गरेपछि तोकिएको मापदण्डबमोजिम मल वितरण गरिने कृषि सामग्री कम्पनी लिमिटेड प्रादेशिक कार्यालयका प्रबन्धक गोरखनाथ केसीले जानकारी दिए । पर्साका १४ स्थानीय तहलाई मापदण्ड अनुसार रासायनिक मल वितरण गर्ने तयारी छ । कृषि ज्ञान केन्द्रले मल वितरणको तयारी गरेको छ ।  

    वीरगञ्ज महानगरपालिकालाई तत्कालका लागि तीन हजार ४३६ बोरा युरिया मल, पर्सागढी नगरपालिकालाई एक हजार ६६४ बोरा, पोखरिया नगरपालिकालाई एक हजार ३४४ बोरा र बहुदरमाई नगरपालिकालाई एक हजार ६२० बोरा उपलब्ध गराइने कृषि ज्ञान केन्द्रले जनाएको छ । 

    त्यस्तै जगरनाथपुर गाउँपालिकालाई एक हजार ६६४ बोरा, जिराभवानीलाई एक हजार ४२८, पटेर्वा सुगौलीलाई एक हजार, सखुवा प्रसौनीलाई एक हजार ७१४, धोबिनीलाई एक हजार ४००, छिपहरमाईलाई  एक हजार ८८, पकाह मैनपुरलाई ८२० र कालिकामाई गाउँपालिकालाई  ७७२ बोरा मल उपलब्ध गराइने भएको कृषि ज्ञान केन्द्रका प्रमुख मुनिलाल प्रसादले जानकारी दिए । रासस


    images
    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij