images
images

शनिवार, जेठ ५ गते २०८१

खोरेत रोग नियन्त्रणका लागि प्रदेश सरकारको रणनीतिक योजना

खोरेत रोग नियन्त्रणका लागि प्रदेश सरकारको रणनीतिक योजना

१० जिल्लामा साढे ६ लाख डोज खोप

images
images
images
बुधवार, पौष ७ २०७८
बुधवार, पौष ७ २०७८
  • खोरेत रोग नियन्त्रणका लागि प्रदेश सरकारको रणनीतिक योजना

    भैरहवा, ७ पुस ।
    खोरेत रोगका कारण पशु तथा पशुजन्य उत्पादनमा कमी आइरहेको छ । पशुपालक किसानले यसबाट ठूलो आर्थिक क्षति व्यहोर्दै आएका छन् । क्षति कम गर्न सार्क राष्ट्रहरुबाट सन् २०२० सम्ममा खोरेत रोग नियन्त्रण गर्ने प्रतिबद्घ जनाइएको थियो । त्यसै अनुरुप नेपालमा खोरेत रोग नियन्त्रण रणनीति सन् २०१५ देखि २०२५ सम्म लागू भएको छ ।

    images
    images
    images

    यही रणनीति अनुसार लुम्बिनी प्रदेश सरकारले खोरेत रोग उन्मूलन अभियान कार्यक्रम कार्यान्वयनमा ल्याएको छ । खोरेत रोग देखा परे तत्काल रोग निदान र नियन्त्रणको  कार्यमा जुट्र्ने, महामारी अन्यत्र फैलन नदिन तथा रोग नियन्त्रण कार्यमा संघ प्रदेश र स्थानीय तहका सरोकारवालालाई समन्वयात्मक रुपमा परिचालन गर्ने र जनचेतनामूलक सामग्रीको उत्पादन गरी सुसूचित गर्ने गरी कृषि मन्त्रालयले कार्यक्रम कार्यान्वयनमा ल्याएको सचिव डा. शान्ता कार्कीले बताइन् । आवश्यकताका आधारमा खोपको खरिद कार्य संघीय र प्रदेशका निकायले गर्ने कार्कीले बताइन् ।

    यो वर्ष लुम्बिनी प्रदेशका तीन जिल्ला बाँके, रुपन्देही र नवलपरासी पश्चिममा खोरेत रोग देखा प¥यो । देखिएको ठाउँलाई प्रदेश र स्थानिय तह मिलेर निसंक्रमण गरेको पशुपन्छी निर्देशनालयका निर्देशक डा. परवेज आलमले बताए । रोक फैलिन नदिन र तत्काल नियन्त्रण गर्न सबै सरोकार निकायसँग समन्वयकारी भूमिका अपनाउनुपर्ने आलमले बताए । सबैको समन्वयमा क्षति कम गर्न सकिने उनले बताए ।

    यो वर्ष रुकुम पूर्व र गुल्मीबाहेका प्रदेशका १० वटा जिल्लामा खोरेतविरुद्धको खोप लगाउने तयारी भइरहेको छ । त्यसका लागि प्रत्येक जिल्लामा खोप पुगिसकेको छ । दश जिल्लामा ६ लाख ५२ हजार पाँच सय डोज खोप बितरण भएको कृषि मन्त्रालयको तथ्यांक छ ।

    रुपन्देहीमा गएको आर्थिक वर्षमा एक लाख ५० हजार डोज खोप लगाएको पशु सेवा विज्ञ केन्द्रका प्रमुख दिपक भुसालले बताए । यो वर्ष आएको ७५ हजार डोज खोप लगाउने तयारीमा रहेको भुसालले बताए । १६ वटा स्थानीय तहको समन्वयमा भ्याक्सिनेटरको सहयोगमा खोप अभियान सुरु हुनेछ । त्यसका लागि रुपन्देहीमा रहेको भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रले भ्याक्सिनेटरलाई खोप अभियान सुरु हुनुपूर्व तालिमको व्यवस्था गरेको कार्यालय प्रमुख भुसालले बताए । कार्यालयले रुपन्देहीका सबै स्थानीय तहका प्रमुख, प्रमुख प्रशासकीय अधिकृत तथा पशु प्राविधिकहरुको सहभागितामा खोरेत रोग उन्मुलन अभियान कार्यक्रम सञ्चालन गरेको थियो ।

    गोष्ठीमा सहभागीले एकआपसमा दुई तहका सरकार र मातहतका कार्यालयले रोग नियन्त्रणका लागि समन्वय गरेर अगाडि बढ्नुपर्ने बताए । सीमित श्रोतसाधन र जनशक्ति अभावले लक्ष्य अनुसारको प्रगति हासिल गर्न भने समस्या आइरहेको प्राविधिकहरुले गुनासो गरे । रुपन्देहीमा करिब ६० किलोमिटर भारतसँग जोडिएको खुला सीमा नाका छ । जहाँबाट सजिलै चौपायाको अवैध ओसारपसार हुन्छ । यस्ता अवैध क्रियाकलाप नरोकिँदासम्म रुपन्देहीमा खोरेत रोग नियन्त्रण गर्न समस्या हुने पशु प्राविधिकहरुले बताए । सुरक्षाकर्मी, स्थानियबासी तथा सरोकालवाला निकाय सबैको समन्वयमा खोरेत रोग नियन्त्रणका कार्य हुनुुपर्ने विज्ञहरुको सुझाव थियो । 
     



    images
    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij