२०८२, मंसिर १९ गते

Dec 05 2025 | २०८२, मंसिर १९ गते

पाल्पाली मल्टिप्रपोज कन्सलटेन्सीले मनायो पहिलो वार्षिकोत्सव

सोमवार , कार्तिक २४, २०८२

  • 907
    Shares
  • 907
    Shares
  • बुटवल, २४ कार्तिक । इञ्जिनियरिङ क्षेत्रमा अध्ययन गराउँदै आएको पाल्पाली मल्टिप्रपोज कन्सलटेन्सी एण्ड ट्रेनिङ इन्ष्टिच्युट बुटवल, रुपन्देहीले आफ्नो पहिलो वार्षिकोत्सव मनाएको छ । संस्थामा अध्ययन गरेका तथा तालिम पूरा गरेका विद्यार्थीहरुलाई शैक्षिक प्रमाणपत्र वितरण गर्दै वार्षिकोत्सव मनाएको हो । इन्ष्टिच्युटले बुटवल उपमहानगरपालिका–११ स्थित कालिकनगर (प्रेमपथ) मा रहेको कार्यालय भवनमा कार्यक्रम सञ्चालन भएको थियो । 

    कार्यक्रममा बोल्दै संस्थाका संस्थापक अध्यक्ष ई.राजन श्रेष्ठले सिभिल इन्जिनियरिङ क्षेत्रमा किताबी ज्ञान मात्र नभइ प्रयोगात्मक सीप महत्वपूर्ण रहेकोले पाल्पाली मल्टिप्रपोज कन्सलटेन्सी एण्ड ट्रेनिङ इन्ष्टिच्युट सञ्चालन गरेको बताउनुभयो । उहाँले १ वर्षमा २ सय जतिले तालिम लिएको जानकारी गराउँदै ४० भन्दा धेरैले कन्स्ट्रक्सन कम्पनीमा काम गरिरहेको जानकारी दिनुभयो ।

    पूर्व सरकारी कर्मचारी कृष्ण प्रसाद श्रेष्ठले इञ्जिनियरहरु र सबैलाई प्रयोगात्मक सीप महत्वपूर्ण हुने बताउनुभयो । कार्यक्रमका प्रमुख अतिथि समेत रहुनभएका उहाँले व्यवहारिक सीप महत्वपूर्ण हुने बताउनुभयो । मार्कसिटमा आएको अंकले मात्रै काम गर्न नसकिने भएकोले ध्यान दिन उहाँले आग्रह गर्नुभयो ।

    कार्यक्रममा संस्थापक कार्यरत इञ्जिनियर टीका गाहाले इन्जिनियरिङ फिल्डमा सैद्वान्तिक तथा प्रयोगात्मक ज्ञान अत्यन्तै महत्त्वपूर्ण हुने उल्लेख गर्नुभयो ।  उहाँले प्रयोगात्मक ज्ञानका  लागि कन्स्ट्रक्सनको प्याकेज समेत आउँदै गरेको बताउनुभयो । उहाँले आर्थिक अवस्था कमजोर भएकोलाई केही राहत हुने गरी प्याकेज हुने उल्लेख गरे। 

    कार्यक्रममा इञ्जिनियर विजय राना, थ्रिडी डिजाईनर इञ्जिनियर अशोक कुमार राना, इञ्जिनियर  सन्तोष आचार्य, एप्पल इन्स्टिच्युटका इञ्जिनियर अर्जुन क्षेत्री लगायतले किताबी ज्ञानले मात्रै नहुने बताउनुभयो । उहाँहरुले पाल्पाली मल्टिप्रपोजले प्राक्टिकलको लागि निकै महत्वपूर्ण कार्य गरेको बताउँदै मौकाको फाइदा उठाउन आग्रह गर्नुभयो ।

    कार्यक्रम संयोजक प्रतीक शर्मा, राहुल शर्मा लगायत रहेको कार्यक्रम सञ्चालक मनिष खनालले जानकारी दिनुभयो ।