२०८२, मंसिर १० गते

Nov 26 2025 | २०८२, मंसिर १० गते

आम्दामा नेपाल स्वास्थ्य अनुसन्धान परिषद् लुम्बिनी कार्यालय

सोमवार , पौष ५, २०७८

  • 2.6K
    Shares
  • 2.6K
    Shares
  • बुटवल, ५ पुस ।
    नेपाल स्वास्थ्य अनुसन्धान परिषद्को कार्यालयको प्रदेशस्तरमा शाखा कार्यालय स्थापना गरिएको छ । सोमबार बुटवलमा पत्रकार सम्मेलन गरी लुम्बिनी प्रदेश ईकाई कार्यालय स्थापना गरिएको परिषद्का कार्यकारी निर्देशक प्रदिप ज्ञवालीले बताए । आम्दा अस्पताल बुटवल परिसरमा लुम्बिनी प्रदेशको कार्यालय स्थापना गरेर २ जना कर्मचारीसहित काम सुरु भएको हो । 

    नेपाल स्वास्थ्य अनुसन्धान परिषद्का कार्यकारी निर्देशक प्रदिप ज्ञवालीले कोभिड संक्रमणपछि नेपालको स्वास्थ्य क्षेत्रमा रिसर्चको महत्वमा जोड दिन थालिएको बताए । स्वास्थ्य मन्त्रालय अन्र्तगत रहेको यो कार्यालयले आफै र अन्य संस्थालाई रिसर्च गर्न आवश्यक कागजी र वैज्ञानिक अनुसन्धान गर्दै आएको उनले बताए । अन्तर्राष्ट्रिय मापदण्ड, ईथिकल हुनुपर्ने भन्दै उनले यसको आधारमा नीति बनाउन समेत यस प्रकारको रिसर्चको आउटपुट सहयोगी हुने उनले बताए । कोभिड–१९ संक्रमणको बेला प्लाज्मा डोनेसनको काम सफलता मिलेको स्मरण गर्दै अहिले नयाँ २ वटा रिसर्चको काम सुरु भएको उनले बताए । गत हप्ता जनकपुरमा स्थापना गरिएको भन्दै प्रदेशस्तरमा शाखा खोल्ने काम जारी रहेको उनले बताए । क्लिनिक वा फिल्ड सबै खाले रिसर्चहरु हुने उनले बताए । सरकारको नीति अन्र्तगत रिसर्च जरुरी रहेको भन्दै उनले केन्द्र सरकारबाट गरिएको रिसर्च पर्याप्त नभएका कारण प्रदेशमा समेत गर्ने, रिसर्चर तालिम गर्न समेत यो आवश्यक रहेको उनले बताए । प्रदेशमा भएका रिसर्चहरुको बारेमा समेत आवश्यक खोज र तथ्याक तयार गरिने उनको भनाइ छ । 

    अक्सफोर्ड विश्वविद्यालयको समन्वयमा कोभिडको रिकभरी ट्रायल जारी रहेको उनले बताए । ‘कोभिडपछि अहिले नेपालमा एन्टिबडीको अध्ययन अनुसन्धान गरिएको छ, खोप लगाएको भन्दा नलगाएकाहरुमा कोभिडको प्रभाव देखिएको छ, ’उनले भने । बुस्टर डोज आवश्यक रहेको अनुसन्धानबाट देखिएको उनले बताए । जसको अध्ययन जारी रहेको उनले बताए । तिलोत्तमा नगरपालिकाको सरस्वति मा.वि.को जग्गा माग भएको उनले बताए । 

    आम्दा अस्पतालका डा. राजेन्द्र बस्यालले विश्वका सबैजसो देशहरुमा स्वास्थ्य रिसर्चहरु काउन्सिलबाट गरिने र सबैभन्दा महत्वपूर्ण स्थानका रुपमा लिइने गरेको बताए । नेपालमा निकै सुस्त अवस्थामा रहेको दुखेसो गर्दै मानव अंग सबैसंग जोडिएका रिसर्चहरुलाई समेटेर अगाडि बढाउनुपर्ने बताए । 

    कार्यक्रममा कार्यालयका अनुसन्धान अधिकृत विजयक्रान्ति शाक्य, डा. प्रशान्त आचार्य पौडेलले अनुसन्धानकर्ताहरुलाई कार्यालयको बारेमा जानकारी गराउँदै नयाँनयाँ ढंगका अनुसन्धानमा जोड दिने बताए ।