images
images

शनिवार, जेठ ५ गते २०८१

प्रदेशमै रासायनिक मल उत्पादन गर्छौं : मन्त्री हुमागाईं

प्रदेशमै रासायनिक मल उत्पादन गर्छौं : मन्त्री हुमागाईं

images
images
images
आइतवार, पौष ४ २०७८
आइतवार, पौष ४ २०७८
  • प्रदेशमै रासायनिक मल उत्पादन गर्छौं : मन्त्री हुमागाईं

    काभ्रेपलाञ्चोक, ४ पुस ।
    बाग्मती प्रदेशका नवनियुक्त कृषि तथा पशुुपंक्षी विकासमन्त्री वसुन्धरा हुमागाईंले प्रदेशमै रासायनिक मल उत्पादन गरिने बताएका छन् । उनले काभ्रेपलाञ्चोकको चौँरीदेउराली गाउँपालिका–४ मा नेकपा (एकीकृत समाजवादी)को वडा भेलालाई शनिबार सम्बोधन गर्दै मल उत्पादनका लागि दुई हप्ताभित्रै अध्ययन कमिटी बनाएर प्रशासनिक प्रक्रिया अघि बढाइने जानकारी दिएका हुन् ।

    images
    images
    images

    “प्रदेशमै मल उत्पादन गर्न अबको १५ दिनभित्रै अध्ययन कमिटी बनाएर प्रक्रिया अघि बढाउछौँ, अर्को आर्थिक वर्षमा बजेट छुट्याएर मल उत्पादन थाल्नेछौँ, यो अभियान देशैभरि लगिनेछ”, उनले भने । उनले आउँदो आर्थिक वर्षको बजेटले मल उत्पादन थालिने भए पनि यही वर्षमै अध्ययन गरी सम्पूर्ण प्रशासनिक तयारी सक्ने बताए ।

    मन्त्री हुमागाईंले मन्त्रालयले दुई हप्तामै स्वेतपत्र जारी गर्दै प्रदेशमा कृषि तथा पशुुपंक्षी विकासका क्षेत्रमा अघि बढ्ने बताए । उनले भने, “कृषिलाई आधुनिकीकरण गर्नुछ, जनताको कृषिका माध्यमबाट कृषकको आर्थिकस्तर वृद्धि गर्नुपर्छ ।” उहाँले आफू पनि कृषिबाटै जनताको आर्थिकस्तर वृद्धि हुनुपर्ने विचारक भएको दावी गरे ।

    कार्यक्रममा पार्टीका केन्द्रीय मुकुन्द गौतम, जिल्ला सचिव दीपक गौतम, अखिल नेपाल महिला संघ (एकीकृत समाजवादी) जिल्लाध्यक्ष पासाङ डोल्मा तामाङ लगायतले शुभकामना व्यक्त गरेका थिए । सो अवसरमा मीनप्रसाद गौतमको अध्यक्षतामा ३५ सदस्यीय वडा कमिटी गठन गरिएको छ । रासस

    images
    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij