२०८२, भाद्र ५ गते

Aug 21 2025 | २०८२, भाद्र ५ गते

सुनवल नगरपालिकाको प्रशासनिक भवन पैगोडा शैलीमा बन्दै, लुम्बिनी प्रदेशकै नमुना भवन रहने दावी

शुक्रवार , आश्विन २३, २०७७

  • 6.8K
    Shares
  • 6.8K
    Shares
  • परासी, २३ असोज । सुनवल नगरपालिकाको प्रशासनिक भवन निर्माण कार्यमा तिब्रता ल्याइएकोे छ । आकर्षित पैगोडा शैलीमा निर्माण भैरहेको ४ तल्लो प्रशासनिक भवनको निर्माणमा ठेकदार कम्पनीले तिब्रता ल्याएको छ । चालु आर्थिक मसान्तमा सकिने उक्त भवनको दुई तल्ले ढलान र भित्तामा ईट्टाको जोडाई कार्य भैरहेको छ ।

    लुम्बिनी प्रदेशकै नमुना भवन रहने उक्त भवनमा १९ वटा शाखाका लागि करिब १०० वटा कोठाहरु रहने छ । उक्त भवन अपाङ्गमैत्री रहेको र माथिल्लो तल्लाहरुमा सजिलै पुग्न भवनमा लिफट समेतको व्यवस्था गरिने नगरपालिकाका नगर प्रमुख भिम बहादुर थापा क्षेत्रीले जानकारी दिए ।   

    २४ करोड ७२ लाख ७२ हजार ९७३ रुपैया लागत स्टीमेट रहेको उक्त भवनको निर्माणका लागि स्वच्छचन्द्र खानी जे.भी निर्माण सेवा कम्पनीले १७ करोड ९१ लाख ४८ हजार ८७२ रुपैयामा ठेक्का लिएको छ । भवनको निर्माण कार्य २ बर्षमा सम्पन्न गर्नुपर्ने छ । अहिलेसम्म भवनको भौतिक प्रगति ३५ प्रतिशत रहेको नगरपालिकाको शहरी पुर्वधार विकाश शाखा प्रमुख ईन्जिनियर सन्तोष गैरेले जानकारी दिए ।

    पाँच विगाहा क्षेत्रफल रहेको उक्त भवन क्षेत्रलाई चारैतिरबाट कम्पाण्डिङ्ग समेत भैसकेको छ । लुम्बिनी प्रदेशका अधिकांश स्थानिय तहले पनि प्रशासनिक भवन बनाई रहेपनि यस डिजाईनमा कसैको भवन नरहेको र यो शैली र डिजाईनको भवन लुम्बिनी प्रदेशकै नमुना प्रशासनिक भवन हुने नगरपालिकाको दावी छ । उक्त भनव पैगोडा शैलीमा बनाईदै छ । यसमा सुनवलको ईतिहास र महत्व झल्किने गरी भवनको सजावट गरिने छ । भवन कम्पाउण्डमा सवारी साधनको उचित पाकिङ्ग, हरियाली, ठुलो सभाहलको आकर्षित गेटको पनि निर्माण कार्य भैरहेको नगर प्रमुख थापाले जानकारी दिए ।   

    हरित नगरपालिकाको संज्ञा दिने यस प्रशासनिक भवनमा न्यायिक समितिको ईजलास, कार्यपालिका मिटिङ्ग हल, सभा गोष्ठी, कार्यक्रम हल, नगर प्रमुख, उप प्रमुख र प्रमुख प्रशासकिय अधिकृतको कार्यकक्ष र नगर कार्यपालिकाको सबै शाखाहरुको व्यवस्थापन हुने छ उनले भने भवन भित्र धेरै स्पेस भएकाले कामकाजमा आउने सेवा ग्राहीहरुले सामाजिक दुरी समेत व्यवस्थापन गर्न सक्ने छन् । यो भवन नगरपालिकाको गौरवको योजना मध्ये एक रहेको छ ।