शुक्रवार , पौष २, २०७८
भैरहवा, २ पुस ।
नेपाल भेटेरिनरी विद्यार्थी एसोसिएसन (एनभीएसए) कृषि तथा पशु विज्ञान अध्ययन संस्थान पक्लिहवा क्याम्पस, रुपन्देहीको प्रथम वार्षिक साधारणसभा सम्पन्न भएको छ । साधारणसभाले धिरज कुमार यादवको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत निर्वाचित गरेको छ ।
जसको उपाध्यक्षमा विश्वास घिमिरे, रञ्जना गिरी, सचिवमा विशाल टण्डन, कोषाध्यक्षमा अस्मिता गैरे, सह–सचिवमा सचिव देवकोटा, सह–कोषाध्यक्षमा सुरज आछामी, आर ई. कम कोडिनेटरमा दिपक सिंह कुशवाहा र ब्लु क्रस कोडिनेटरमा रमेश गौतम रहेका छन् ।
त्यस्तै सदस्यहरुमा सुजित रेग्मी, नरेन्द्र प्रसाद भट्ट, प्रचण्ड पाण्डे, स्मिता बडुवाल, सचिनबाबु भुर्तेल, अर्जुन पौडेल रहेका छन् । मनोज पौडेलको अध्यक्षता, पक्लिहवा क्याम्पसका क्याम्पस प्रमुख प्रा.डा. राम भजन मण्डलको प्रमुख आतिथ्यमा, नेपाल भेटेरिनरी एसोसिएसनका उपाध्यक्ष प्रा.डा. कृष्ण काफ्लेको विशेष आतिथ्यता तथा एनभीएसए आइएएएसका सह–सचिव विश्वास घिमिरेको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।
© 2026 All right reserved to khabarpatro.com | Site By : sobij