२०८२, आश्विन ३ गते

Sep 19 2025 | २०८२, आश्विन ३ गते

रुपन्देहीमा बिहीबार थपिए १२८ जना कोरोना संक्रमित

बिहिवार , आश्विन २२, २०७७

  • 3.1K
    Shares
  • 3.1K
    Shares
  • भैरहवा, २२ असोज । 
    रुपन्देहीमा बिहीबार थप १२८ जनामा कोरोना भाइरस संक्रमणको पुष्टि भएको छ ।  कोरोना पुष्टि हुनेमा ४८ जना महिला र ८० जना पुरुष रहेका छन् ।

    स्वास्थ्य कार्यालय, रुपन्देहीका अनुसार बिहीबार बुटवल उपमहानगरपालिकाका ७७, सिद्धार्थनगर नगरपालिकाका ६, तिलोत्तमाका २३, देवदहका ५, सियारीका ७, सैनामैनाका ५, कोटहीमाईमा २ मायादेवी, लुम्बिनी सांस्कृतिक र शुद्धोधनमा १/१ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ ।

    यो संगै रुपन्देहीमा कोरोना संक्रमण पुष्टि हुनेको संख्या ३ हजार २ सय ९८ पुगेको स्वास्थ्य कार्यालय, रुपन्देहीका तथ्यांक अधिकृत ओम प्रकाश गुप्ताले बताए ।

    जिल्लामा हालसम्म २ हजार ३ सय ५३ जना कोरोना संक्रमित निको भएका छन् ।  त्यस्तै रुपन्देहीमा ९ सय १५ जना कोरोना संक्रमित उपचाररत छन् । स्वास्थ्य कार्यालयका अनुसार जिल्लामा हालसम्म ३० जना कोरोना संक्रमितको मृत्यु भइसकेको छ ।