
बिहिवार , आश्विन २२, २०७७
बुटवल, २२ असोज ।
बुटवल उद्योग वाणिज्य संघले प्रदेश सरकारले राजपत्रमा प्रकाशित गरेको सूचना सच्याउन आग्रह गरेको छ । संघले प्रदेशको राजधानी सम्बन्धमा आफ्नो संस्थागत विमत्ति राख्दै प्रदेशसभाबाट दुईतिहाई बहुमतले पारित भएको प्रदेशको स्थायी राजधानी सम्बन्धि प्रस्तावमा उल्लेख भएका स्थानहरुलाई समेटेर राजपत्रको सूचना सच्याउन माग गरेको हो ।
प्रदेश सरकारको तर्फबाट प्रस्ताव गरी प्रदेशसभाबाट दुईतिहाई मतसहित पारित भएको प्रदेशको राजधानी दाङ जिल्लाको राप्ती गाउँपालिका, गडवा गाउँपालिका र अर्घाखाँची जिल्लाको शितगंगा नगरपालिकाले ओगटेको राप्ती नदी किनारको मैदानी भाग राप्ती उपत्यका देउखुरीलाई प्रदेशको स्थायी राजधानी तोकिएको थियो । तर सरकारले जारी गरेको प्रदेश राजपत्रमा राप्ती उपत्यका (देउखुरी) मात्रै उल्लेख भएकोले त्यसलाई तत्कालै सच्याएर प्रस्ताव अनुसार पारित भए जसरी नै राजपत्रमा सूचना प्रकासित गर्न संघले माग गरेको हो ।
संघले बिहीबार प्रेस विज्ञप्ती जारी गरर्दै छलफल र निर्णयार्थ पेश भएका अर्घाखाँचीको शितगंगा नगरपालिकाको केही स्थान छोडीे राप्ती उपत्यका (देउखरी) मात्र उल्लेख गरी सूचना प्रकाशित भएकोप्रति गम्भिर ध्यानाकर्षण भएको जनाएको हो । संघका अध्यक्ष खिमबहादुर हमालद्वारा जारी विज्ञप्तीमा भनिएको छ–‘भुगोलको मध्यविन्दु खोज्दाखोज्दै पनि प्रस्तावमा उल्लेख भएको स्थानलाई नियतवस हटाइ राजनैतिक, संवैधानिक र कानुनी बेइमानी भएको छ ।’
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij