
बिहिवार , आश्विन २२, २०७७
काठमाडौं २२ असोज । सरकार र डा. गोविन्द केसीको टोलीबीच वार्ता सुरु भएको छ ।
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा दुई पक्षवीच वार्ता शुरु भएको हो । वार्तामा डा. केसीले अघि सारेको ६ बुँदे मागबारे छलफल हुने बताइएको छ ।
सरकारले शिक्षा सचिव गोपी मैनालीको नेतृत्वमा तीन सदस्यीय वार्ता टोली गठन गरेको छ भने डा. केसीको तर्फबाट डा. जीवन क्षेत्रीको नेतृत्वमा चार सदस्यीय वार्ता टोली बनेको छ ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij