२०८२, श्रावण ३ गते

Jul 19 2025 | २०८२, श्रावण ३ गते

तिलोत्तमा मिडिया क्लबका अध्यक्ष पौडेललाई कोरोना संक्रमण

बुधवार , आश्विन २१, २०७७

तिलोत्तमा, २१ असोज । 
तिलोत्तमा मिडिया क्लबका अध्यक्ष लक्ष्मण पौडेललाई कोरोना संक्रमण पुष्टि भएको छ । मंगलबार ज्वरोसहित सामान्य लक्षण देखिएकोले पीसीआर परीक्षण गर्दा बुधबार संक्रमण पुष्टी भएको र स्वास्थ्यमा कुनै समस्या नरहेको पौडेलले फेसबुक पोष्टमार्फत जानकारी गराएका छन् । 

आफूलाई संक्रमण भएपछि पौडेलले आफूसंग सम्पर्कमा रहेका सबैलाई परीक्षण गराउन र आइसोलेसनमा बस्न अनुरोध गरेका छन् । आफूसंगै श्रीमतीको कोरोना परीक्षण गर्दा श्रीमतीको रिपोर्ट नेगेटिभ आएको पनि उनले जानकारी गराएका छन् ।

‘यहाँहरुको माया, आशिर्बाद र शुभेच्छाको कारण मैले छिट्टै कोरोना संक्रमणलाई जित्ने छु, कोरोना संक्रमण व्यापक रुपमा फैलिएको हुँदा यहाँहरु सबैले जनस्वास्थ्यका मापदण्ड अनिवार्य रुपमा अवलम्बन गर्नुहुन अनुरोध गर्दछु’–अध्यक्ष पौडेलले बुधबार सांझ फेसबुकमा लेखेका छन् ।