२०८३, जेठ १२ गते

May 26 2026 | २०८३, जेठ १२ गते

असोज २३ सम्म सिद्धार्थनगर नगरपालिकाको सेवा प्रवाह बन्द

बुधवार , आश्विन २१, २०७७

  • 3.7K
    Shares
  • 3.7K
    Shares
  • भैरहवा, २१ असोज ।
    रुपन्देहीको सिद्धार्थनगर नगरपालिकाले बुधबारदेखि असोज २३ गतेसम्म कार्यालयबाट प्रवाह गरिने अत्यावश्यक सेवाबाहेक अन्य सबै सेवाहरु बन्द गरेको छ । 

    विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) संक्रमणको कारण नगरपालिकामा असहज परिस्थिति निर्माण भएकोले सो को नियन्त्रणका लागि कार्यालयबाट प्रवाह गरिने सेवाहरु तीन दिनको लागि बन्द गरिएको नगरपालिकाका निमित्त प्रशासकीय अधिकृत विवेक खनालले बताए ।

    ‘यसबाट सेवाग्राहीलाई पर्ने जाने असुविधाप्रति नगरपालिका क्षमाप्रार्थी छ,कार्यालयद्वारा बुधबार जारी गरिएको सूचनामा उल्लेख गरिएको छ ।120838585_666799057596963_7686738172530760211_o (1).jpg