
बुधवार , आश्विन २१, २०७७
भैरहवा, २१ असोज ।
रुपन्देहीको सिद्धार्थनगर नगरपालिका उपप्रमुख उमा काफ्लेलाई कोरोना संक्रमण पुष्टि भएको छ । कोरोनासंग मिल्दोजुल्दो लक्षण देखिएपछि पीसीआर परीक्षण गराउँदा कोरोना पोजेटिभ देखिएको उनले बुधबार सामाजिक सञ्जाल फेसबुकमार्फत जानकारी गराएकी छन् ।
‘कोरोनाबाट म उपप्रमुख पनि अछुतो रहन सकिन, हाल म आफ्नै निवासमा आइसोलेशनमा बसेको छु, उनले भनिन् ।’
नगरउपप्रमुख काफ्लेले केही दिन यता सम्पर्कमा रहेका सबैलाई आफ्नो स्वास्थ्यप्रति सचेत रहदै कम्तीमा एक हप्ता होम क्वारेन्टाइनमा बसिदिन र ज्वरो रुघाखोकी जस्ता लक्षण देखा परेमा अविलम्ब स्वास्थ्य परीक्षण गराउन समेत आग्रह गरेकी छन् ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij