
शनिवार , मंसिर १८, २०७८
भैरहवा, १८ मंसिर ।
सामूहिक विद्यालय परिवार, रुपन्देहीको आयोजनामा सबजुनियर चित्रकला प्रतियोगिता सम्पन्न भएको छ । रुपन्देहीको ओमसतिया गाउँपालिका–४ बालापुरस्थित फ्लोरल इङलिस बोर्डिङ स्कूलमा सम्पन्न प्रतियोगितामा ३२ जना विद्यार्थीहरुको सहभागिता रहेको थियो ।
प्रतियोगितामा छात्रतर्फ लुम्बिनी सृजना इङलिस बोर्डिङ स्कूल सिद्धार्थनगर–१ का ओवेदिया राई प्रथम, आदर्श विद्या मन्दिर सिद्धार्थनगर–१३ का पुष्कर थगुन्ना द्वितीय, मनकामना इङलिस हाई स्कूल सिद्धार्थनगर–४ का सृजन गुरुङ तृतीय र लर्ड गौतमबुद्ध इङलिस स्कूल ओमसतिया–१ का ईश्वर पासी सान्त्वना भएका छन् ।
त्यस्तै छात्रातर्फ लुम्बिनी सृजना इङलिस बोर्डिङ स्कूलकी अंशिका जयसवाल प्रथम, एभरग्रीन प्यासेफिक इङलिस बोर्डिङ स्कूल मायादेवी–७ की साक्षी धवल द्वितीय, मिनर्वा इङलिस बोर्डिङ स्कूल ओमसतिया–१ की किस्मत पुन तृतीय र मनकामना इङलिस हाई स्कूल सिद्धार्थनगर–४ की चन्द्रकला कुर्मी सान्त्वना भएका छन् ।
सामूहिक विद्यालय परिवार, रुपन्देहीका अध्यक्ष मनोज कुमार यादवको अध्यक्षता, ओमसतिया गाउँपालिका वडा नम्बर ४ का वडाअध्यक्ष मसहूर मुसलमानको प्रमुख आतिथ्यता तथा परिवारका सचिव चन्द्रप्रकाश न्यौपानेको सञ्चालनमा सम्पन्न कार्यक्रममा परिवारका सल्लाहकार उदय कुमार मल्लिक, बसन्त पाण्डे लगायतको उपस्थिति रहेको थियो ।
कार्यक्रममा चित्रकला प्रतियोगितामा प्रथम, द्वितीय, तृतीय र सान्त्वना स्थान हासिल गरेका विद्यार्थीहरुलाई प्रमुख अतिथि वडाअध्यक्ष मसहूर मुसलमानले पुरस्कार वितरण गरेका थिए । त्यस्तै सामूहिक विद्यालय परिवारका पूर्वअध्यक्ष महेश भुर्तेलले विजयी विद्यार्थीहरुलाई बधाई ज्ञापन गरेका थिए ।
कार्यक्रममा लुम्बिनी आर्टका मनोहर थापाले निर्णायकको भूमिका निर्वाह गर्नुभएको कार्यक्रम संयोजक तथा सामूहिक विद्यालय परिवारका कोषाध्यक्ष समसाद इद्रिसीले बताए ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij