
मंगलवार , आश्विन २०, २०७७
भैरहवा, २० असोज ।
रुपन्देहीको बुटवल उपमहानगरपालिका वडा नम्बर १५ स्थित दानव नदीमा डुबेर दुई जना बालकको मृत्यु भएको छ । मुत्यु हुनेमा बुटवल उपमहानगरपालिका–१५ का ८ वर्षिय डेविट पौडेल र ११ वर्षिय शिशिर खनाल रहेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी नायब उपरीक्षक तथा प्रवक्ता खड्क बहादुर खत्रीका अनुसार सोमबार माछा मार्न भनी नदीतर्फ गएका बालकहरु सांझसम्म घर फर्केर नआएपछि उनीहरुको आफन्त तथा स्थानीयहरुले खोजतलास गरेका थिए ।
खोजतलास गर्दा उनीहरुको कपडा र चप्पल खोला किनारमा भेटिएको र डेबिटलाई अचेत अवस्थामा फेला पारी उपचारको लागि बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पतालमा पठाइएकोमा उपचारको क्रममा उनको मृत्यु भएको खत्रीले जानकारी दिए । त्यस्तै शिशिर नदीमा मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij