२०८२, श्रावण ३ गते

Jul 19 2025 | २०८२, श्रावण ३ गते

प्रतिमान–निमामा डिप्लोमा इन फरेष्ट्रि कार्यक्रम सञ्चालन हुने 

मंगलवार , आश्विन २०, २०७७

भैरहवा, २० असोज ।
भैरहवास्थित प्रतिमान–निमा मेमोरीयल प्रतिष्ठानले तीन वर्षे डिप्लोमा इन फरेष्ट्रि कार्यक्रम सञ्चालन गर्ने भएको छ । प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद् (सिटिइभिटी) को सम्बन्धन स्वीकृतिमा असोज १४ गतेको निर्णय बमोजिम कार्यक्रम सञ्चालन गर्न लागिएको प्रतिष्ठानकी कार्यकारी निर्देशक स्वाती थापाले बताइन् । कार्यक्रममा अध्ययन गर्नको लागि ४० सिट तोकिएको उनले जानकारी दिइन् । एसईई उत्तीर्ण विद्यार्थीहरुले भर्नाको लागि आवदेन फारम असोज २१ गतेदेखि २५ गते बेलुकी ४ बजेसम्म भर्न सक्ने उनले बताइन् ।

कार्यक्रम सञ्चालनको लागि मंगलबार प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद् र प्रतिमान–निमा मेमोरीयल प्रतिष्ठानबीच सम्झौता भएको छ । सम्झौता पत्रमा सिटीइभिटीको तर्फबाट सदस्य सचिव पुष्परमण वाग्ले र प्रतिष्ठानको तर्फबाट अध्यक्ष विजया के.सी.ले हस्तान्तरण गरेका छन् ।

हाल प्रतिष्ठानमा १८ महिने मेडिकल ल्याब अस्टिेन्ट र ३ वर्षे मेडिकल ल्याब टेक्निसियन कार्यक्रम सञ्चालन भइरहेको प्रतिष्ठानका निर्देशक धर्म बहादुर के.सी.ले बताए । हाल प्रतिष्ठानमा नेपालका २७ जिल्लाका विद्यार्थी अध्ययनरत रहेको उनले बताए । डिप्लोमा इन फरेष्ट्रि कार्यक्रम सञ्चालन गर्ने प्रतिमान–निमा मेमोरीयल प्रतिष्ठान रुपन्देहीको पहिलो शैक्षिक संस्था रहेको उनले बताए ।

120727451_3475518025842675_1038509700818912534_n (1).jpgन्यूनतम शुल्कमा बढी भन्दा बढी जिल्लाका विद्यार्थीहरुले अध्ययन गर्न पाउनुहुनेछ भन्ने हाम्रो चाहना हो, कार्यकारी निर्देशक थापाले भनिन् ।

प्रतिष्ठानले रुपन्देहीको रोहिणी गाउँपालिका, डिभिजन वन कार्यालय, रोहिणी सामुदायिक वन उपभोक्ता समिति, गौतमबुद्ध सामुदायिक वनसंग १० वर्षको लागि वन संरक्षण गर्ने सम्झौता गरेको थापाले जानकारी दिइन् । डिप्लोमा इन फरेष्ट्रिी कार्यक्रमले वनजंगलको संरक्षणमा टेवा पु¥याउने र विद्यार्थीहरुका लागि प्रयोगात्मक शिक्षाको लागि सहयोगी बन्ने उनको भनाइ छ ।  ‘अहिले शहरीकरण बढ्दो छ, वनको संरक्षणको लागि पनि यो कार्यक्रमले महत्वपूर्ण भुमिका खेल्छ, थापाले भनिन् ।