
सोमवार , आश्विन १९, २०७७
भैरहवा, १९ असोज ।
रुपन्देहीमा सोमबार थप ७९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । कोरोना पुष्टि हुनेमा २५ महिला र ५४ जना पुरुष रहेका छन् ।
स्वास्थ्य कार्यालय, रुपन्देहीका अनुसार सोमबार बुटवल उपमहानगरपालिकाका ३९, सिद्धार्थनगर नगरपालिकाका ३, तिलोत्तमाका २१, देवदहका २, मायादेवीका ३, सैनामैनाका ७, कञ्चनका, सियारी, गैडहवा र शुद्धोधन गाउँपालिकाका १÷१ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ ।
यो संगै रुपन्देहीमा कोरोना संक्रमण पुष्टि हुनेको संख्या २ हजार ९ सय ९५ पुगेको स्वास्थ्य कार्यालय, रुपन्देहीका तथ्यांक अधिकृत ओम प्रकाश गुप्ताले बताए ।
जिल्लामा हालसम्म २ हजार १ सय ५१ जना कोरोना संक्रमित निको भएका छन् । त्यस्तै रुपन्देहीमा कोरोना संक्रमित ८ सय १८ जना उपचाररत छन् । स्वास्थ्य कार्यालयका अनुसार जिल्लामा हालसम्म २६ जना कोरोना संक्रमितको मृत्यु भइसकेको छ ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij