२०८२, आषाढ २९ गते

Jul 13 2025 | २०८२, आषाढ २९ गते

विजय अर्यालको ‘ओखर काँचो छ’ सार्वजनिक

सोमवार , आश्विन १९, २०७७

भैरहवा, १९ असोज ।
लोक गायक तथा सर्जक विजय अर्यालको नयाँ गित ‘ओखर काँचो छ’ सार्वजनिक भएको छ । धेरै समयको अन्तरालपछि अर्यालको लोकदोहोरी गित बजारमा आएको हो ।

विजय अर्याल र सन्ध्या आचार्यको स्वर तथा अर्यालको लय/शब्दमा गित सार्वजनिक भएको हो ।

गितमा राज के.सी. र सुनिता पोख्रेलले अभिनय गरेका छन् । त्यस्तै गीतमा नृत्यु निर्देशकमा सुनिता पोख्रेल, क्यामेरामा विनोद चौधरी, ड्रोन अपरेटरमा रोहित चौधरी, निर्देशकमा विजय पोख्रेल रहेका छन् ।

गितमा आलाप रेकर्डिङ स्टुडियो, काठमाण्डौको अडियो रहेको छ । गितको छांयाकन युनिक मुभिज बुटवलले गरेको छ ।