२०८२, श्रावण ५ गते

Jul 21 2025 | २०८२, श्रावण ५ गते

मदिरा व्यवसायी संघ रुपन्देहीमा नयाँ नेतृत्व 

आइतवार , मंसिर ५, २०७८

बुटवल, ५ मंसिर । 
मदिरा व्यवसायी संघ रुपन्देहीको सातौं अधिवेशनबाट कृष्ण गौतमको अध्यक्षतामा नयाँ कार्यसमिति चयन भएको छ । सर्वसम्मतरुपमा चयन भएको कार्यसमितिको निवर्तमान अध्यक्षमा शम्भु भट्टराई, प्रथम उपाध्यक्षमा हिमालय भुसाल, द्वितीय उपाध्यक्षमा बाबुराम ज्ञवाली, महासचिवमा किशोर पन्थी, मुकुन्द पोखरेल र कोषाध्यक्षमा हिराबहादुर केसी निर्वाचित भएका छन् । 

त्यस्तै कार्यसमिति सदस्यहरुमा रमेश बेल्बासे, पर्शुराम कंडेल, देवबहादुर थापा, ओमप्रकाश खनाल,  हरिप्रसाद पाण्डे, श्यामप्रसाद श्रेष्ठ, राजु खत्री र रामु आचार्य चयन भएका निर्वाचन समितिका प्रमुख अर्जुन कार्कीले जानकारी दिए । नवनिर्वाचित अध्यक्ष गौतमले अघिल्लो कार्यसमितिले अघि सारेका कार्ययोजना सम्पन्न गर्ने र केही नयाँ कामहरु गर्ने प्रतिवद्धता जनाए ।