२०८२, श्रावण ५ गते

Jul 21 2025 | २०८२, श्रावण ५ गते

लुम्बिनी प्रेस क्लबको साधारणसभा मंसिर २५ गते

आइतवार , मंसिर ५, २०७८

भैरहवा, ५ मंसिर ।
लुम्बिनी प्रेस क्लब सिद्धार्थनगर, रुपन्देहीले पाँचौ वार्षिक साधारणसभा यही मंसिर २५ गते गर्ने भएको छ । क्लबको आइतबार बसेको बैठकले मंसिर २५ गते शनिबार भैरहवामा साधारणसभा गर्ने निर्णय गरेको हो । 

क्लबको बैठकले विभिन्न पुरस्कार वितरणको लागि संयोजक समेत चयन गरेको छ । क्लबले भुवन कुमारी स्मृति पत्रकारिता पुरस्कार छनौटका लागि संयोजक दिपेन्द्र बडुवाल चयन गरेको छ । सिद्धार्थनगर नगरपालिका पत्रकारिता पुरस्कारको लागि शंकर पाण्डे, भाष्करानन्द शिक्षा पुरस्कारको लागि रबिन्द्र प्रताप गुप्ता, लायन्स पत्रकारिता पुरस्कारको लागि कमल रायमाझीलाई संयोजक तोकेको क्लबका अध्यक्ष नरेश केसीले जानकारी दिए ।

क्लबले सोही दिन यस अघि स्थगित गरेको चिठ्ठा खोल्ने क्लबका महासचिव कमल रायमाझीले जानकारी दिए ।