२०८२, श्रावण ५ गते

Jul 21 2025 | २०८२, श्रावण ५ गते

निःशुल्क स्वास्थ्य परीक्षण शिविर

आइतवार , मंसिर ५, २०७८

बुटवल, ५ मसिर । 
विश्व बाल दिवसको अवसरमा लायन्स क्लब अफ बुटवल स्टार्स र लियो क्लब बुटवल स्टार्सको संयुक्त आयोजनामा शनिबार रुपन्देहीको तिलोत्तमा नगरपालिका कोटिहवास्थित रहेको अविनाश अनाथ आश्रमा रहेका २६ जना बालबालिकाको स्वास्थ्य परीक्षण गरिएको छ । 

स्वास्थ्यमा समस्या देखिएका बालबालिकालाई औषधि उपचार पनि क्लबले गर्ने लायन्स स्टार्सका अध्यक्ष अन्जिल खानले बताए । कार्यक्रममा लायन्स क्लब इन्टरनेशनल डिष्ट्रिक ३२५ बी २ नेपालका भ्वाइस डिष्ट्रिक गभर्नर नवराज न्यौपानेले भने, ‘नाम जस्तै काम गर्दे आएको छ जुन नयाँ कन्सेप्टका साथ स्वास्थ्य चेकजाँच र यस भन्दा पहिला बालबालिकाको  कोभिडको स्वास्थ्य बिमा क्लब गरेको हो ।’
।  

रिजन चेयरपर्सन एम.एल. पाण्डले अनाथ आश्रमका बालबालिकालाई शिविरले धरै सहयोग पुगेको र अरु सहयोग चाहिएमा क्लबले सहयोग गर्ने

बताए । त्यस्तै कार्यक्रमा लियो क्लब अफ बुटवल स्टार्सका अध्यक्ष बिनोद जैसवाल, अनाथ आश्रमका अध्यक्ष कृष्ण प्रसाद ज्ञवाली, स्टार्सका सह–सचिव डीएस भट्टराई लगायतले आफ्नो धारणा राखेका थिए । कार्यक्रममा डा. प्रशान्त गुप्ता, डा. श्रीराम पन्थी, डा. विनिता ज्ञवालीको टिमले स्वास्थ्य परीक्षण गरेको थियो ।