२०८२, श्रावण ५ गते

Jul 21 2025 | २०८२, श्रावण ५ गते

सामूहिक ईही यज्ञ सुरु 

आइतवार , मंसिर ५, २०७८

बुटवल, ५ मंसिर ।
नेपा पुच नेवा समाज विकास परिषद् बुटवलको आयोजनामा सामूहिक ईहि यज्ञ तथा ब्रतबन्ध सुरु भएको छ । नेवा पुचको परिसरमा रहेको शंखध्वर साख्वाको अर्धकदको मुर्तिमा माल्यापर्ण र पूजा गरी कार्यक्रमको कालिका मन्दिर परिसरमा शनिबारदेखि सुरु भएको हो । 

नेवारी संस्कार संस्कृतिको जगेर्ना गर्ने भन्दै परिषदबाट सामुहिक ईही यज्ञ हुँदै आएको छ । सामुहिक ईही यज्ञबाट कन्याको खर्च कटौती हुनुको साथै नेवारी पंडितमार्फत विधिवत सिकाईने अध्यक्ष काजीमान श्रेष्ठले बताए । 
दुईदिन हुने कार्यक्रममा नेवारी पंडित हरिशरण राज उपाध्यायले विधिपूर्वक सम्पन्न गराउने उनले बताए । समुहमा पुजा गरिदा एउटा कन्या बराबर ६ हजार रुपैयाँ बराबर रकम खर्च हुने अनुमान आयोजकको छ । 

कार्यक्रममा साधारण, नौ कन्या, पंच कन्या र मुल कन्या गरी ४९ कन्याको ईही यज्ञ र ९ जना बालकको ब्रतबन्ध हुने संयोजक लक्ष्मी श्रेष्ठले बताइन् । समुहमा गर्दा मितव्ययी हुने उनले बताइन् । इही कार्यमा सहभागिलाई न्युनतम ३ हजार ५ सय रुपैयाँदेखि शुल्क निर्धारण गरिएको उनले बताइन् । 

कार्यक्रममा परिषदका निवर्तमान अध्यक्ष ज्ञानु लिगल, कोषाध्यक्ष चिरञ्जीवी श्रेष्ठले ईहि यज्ञमा रुपन्देही नवलपरासी, गुल्मी, अर्घाखाची, स्याङ्गजा, नेपालगञ्ज, बाँके र बर्दियाका कन्याहरुको सहभागिता रहेको बताए ।