२०८२, श्रावण ५ गते

Jul 21 2025 | २०८२, श्रावण ५ गते

नेपाल नियमित रक्तदाता संघ सिद्धार्थनगरको आयोजनामा रक्तदान

शनिवार , मंसिर ४, २०७८

भैरहवा, ४ मंसिर ।
नेपाल नियमित रक्तदाता संघ सिद्धार्थनगर, रुपन्देहीको आयोजनामा शनिबार भैरहवामा बृहत खुल्ला रक्तदान कार्यक्रम सम्पन्न भएको छ । स्व. यदु सिलवालको प्रथम स्मृति दिवसको अवसरमा रक्तदानको लागि सबै अगाडी बढौं, रगत अभावमा अगाडी, सधैं नियमित भन्ने नाराका साथ कार्यक्रमको आयोजना गरिएको नियमित रक्तदाता संघ, सिद्धार्थनगरका अध्यक्ष संगम न्यौपानेले बताए ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि समाजसेवी नारायण प्रसाद अग्रवालले रक्तदान नै जीवनदान भएको बताए ।

कार्यक्रममा ५१ युनिट रगत संकलन भएको नियमित रक्तदाता संघ, सिद्धार्थनगरका उपाध्यक्ष तथा कार्यक्रम संयोजक उर्मिला सिलवालले जानकारी दिइन् । 

नेपाल नियमित रक्तदाता संघ, सिद्धार्थनगरका अध्यक्ष संगम न्यौपानेको अध्यक्षता, कोषाध्यक्ष सरिता रानाको स्वागत तथा सचिव यादव प्रसाद आचार्य (वाई.पी.)को सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।


received_254743419880532.jpeg