२०८२, श्रावण ५ गते

Jul 21 2025 | २०८२, श्रावण ५ गते

रोटरी क्लब अफ बुटवलको तेस्रो क्लब एसेम्बली

शनिवार , मंसिर ४, २०७८

बुटवल, ४ मंसिर ।
रोटरी क्लब अफ बुटवलको तेस्रो क्लब एसेम्बली एवं क्लबको १३८९ औं नियमित बैठक शनिबार सम्पन्न भएको छ । तेस्रो क्लब एसेम्बलीका क्रममा विभिन्न कमिटी चेअरहरुले आ–आफ्नो कमिटीको प्रतिवेदन प्रस्तुत गर्दै प्रगति विवरण पेश गरेका छन् ।

एसेम्बलीमा रोटरी डिष्ट्रिक ३२९२ नेपाल भुटान जोन २१ का एजी राजेन्द्र कार्कीले वार्षिक कार्ययोजना अनुसार नमूना काम भइरहेको बताउँदै क्रियाशिलता अझै बढाउन र क्लबको पदीय भुमिका अनुसार काम गर्न आग्रह गरे ।

निकै कठिन समयको अवस्थामा पनि शिक्षा, स्वास्थ्यका क्षेत्रमा सचेतनाका धेरै काम क्लबबाट भएको भन्दै उनले समाजको आवश्यकता हेरी सेवा गर्न सके उपयोगी हुने बताए । विश्वमा नै कोभिड–१९ को बेला सामाजिक कार्यमा अग्रसर रहेको रोटरीको टिआरएफ बढाउन सबैबाट सहयोग गर्न उनले आग्रह गरे । 

क्लब एडमिनिस्ट्रेशन कमिटी चेयर रोम शर्माको लक्ष्य अनुसार प्रशासनिक पक्षमा भएका कार्यप्रगति जानकारी गराएका थिए । उनले चारवटा बोर्ड बैठक र १८ वटा नियमित बैठक सम्पन्न भइसकेको जानकारी गराउँदै अक्षय कोषलाई एकलाख रुपियाँले वृद्धि गर्ने तयारी गरिएको बताए ।

यसैगरि मेम्बरसीप कमिटी चेयर झविन्द्रप्रसाद कंडेल, सर्भिस प्रोजेक्ट कमिटी लेखनाथ भुसाल, द रोटरी फाउन्डेसन कमिटी चेयर दया भण्डारी, पव्लिक रिलेशन कमिटी चेअर यदुनाथ पाण्डे, न्यू जेनरेशन कमिटी चेअर लक्ष्मण प्रसाद श्रेष्ठ, आरएनएलएम कमिटी चेअर प्रविणबहादुर पाठक,आउटगोइङ प्रोजेक्ट चेअर छविलाल पोखरेल, फेलोसिप कमिटी चेअर रेखा ज्ञवालीको रिपोर्ट प्रस्तुत गरिएको थियो ।

क्लव एसेम्बलीमा बोल्दै एजी राजेन्द्र कार्कीले रोटरी क्लबका सदस्यहरुको जिम्मेवारीका बारेमा चर्चा गर्दै क्लबको गतिशीलता, क्लबको सदस्यहरुको क्रियाशीलतामा भर पर्ने बताउँदै हरेक क्लबका सदस्यहरुले ‘म रोटरीयन हुँ, मैले रोटरी क्लबको गरिमालाई उँचो बनाउनुपर्छ’ भनेर सोच्नुपर्ने बताए । 
रोटरी क्लब अफ बुटवलका पूर्व अध्यक्षहरु आमोद सिमाङ्गैडा, पुरनप्रसाद श्रेष्ठ, हरिप्रसाद पौडेल लगायतले क्लबको हिसाबकिताबलाई कसरी पारदर्शी बनाउने भन्ने विषयमा चर्चा गर्दै धेरै क्लबहरुमा हिसाबकिताब पारदर्शी नहुने भएकोले विवाद उठ्ने हुँदा रोटरी क्लब त्यस्तो रोगबाट मुक्त हुनुपर्ने बताए । 

क्लबका अध्यक्ष प्रा.डा. ताराप्रसाद उपाध्यायले हरेक रोटरियनहरुको व्यक्तित्वको प्रभाव रोटरी क्लबको ‘इमेज’ सँग जोडिने भएकोले रोटरीका सदस्यहरुले जहिले पनि उत्कृष्ट काम गरेर आफू र आफ्नो क्लबलाई समाजमा स्थापित गर्नुपर्ने बताए । उनले एक्लो प्रयासले मात्रै सिंगो संस्था हाँक्न नसकिने हुँदा सिंगो संस्था हाँक्न सिंगो रोटरीयनहरु सक्रिय हुनुपर्ने बताए । बैठकमा रोटरीयनहरु बोनिन पिया, करुण खनाल, खिमनारायण पराजुली, सुवाश गुप्ता, गोपालप्रसाद अधिकारी लगायतले आ–आफ्नो धारणा व्यक्त गरेका थिए ।