
सोमवार , आश्विन १९, २०७७
भैरहवा, १९ असोज ।
नेपाल पत्रकार महासंघ रुपन्देहीका सह–सचिव कमल रायमाझीलाई कोरोना भाइरस संक्रमणको पुष्टि भएको छ । रायमाझीलाई कोरोना संक्रमण पुष्टि भएपछि होम क्वारेन्टिनमा बसेको पत्रकार महासंघ रुपन्देहीले जनाएको छ ।
स्वाब परीक्षण गर्दा रायमाझीलाई कोराना पोजिटिभ देखिएको भए पनि लक्षण भने नदेखिएको उनको पारिवारिक स्रोतले जनाएको छ । रायमाझीको सम्पर्कमा आएका सबैलाई कोरोना संक्रमण हुन सक्ने भन्दै सर्तकता अपनाउन र लक्षण देखिए स्वास्थ्य परीक्षण गर्न समेत अनुरोध गरिएको छ । कोरोनाको उच्च जोखिम रहेका स्थानहरुको रिपोटिङ गर्न पुगेका रायमाझीलाई संक्रमण भएको हुनुपर्ने बताइएको छ ।
प्रेस संगठन रुपन्देहीको सह–संयोजक, लुम्बिनी प्रेस क्लबका सल्लाहकार, नेपाल फोटो पत्रकार महासंघ रुपन्देहीका अध्यक्ष तथा राष्ट्रिय समाचार समिति, सगरमाथा टेलिभिजन र लुम्बिनीखबर पत्रिकामा कार्यरत रायमाझीलाई कोरोना संक्रमण पुष्टि भएपछि स्वास्थ्यकर्मीहरु नियमित रुपमा सम्पर्कमा रहेको सिद्धार्थनगर नगरपालिका स्वास्थ्य शाखा प्रमुख उमा थापाले जानकारी दिइन् ।
एक दशक भन्दा लामो समयदेखि पत्रकारिता क्षेत्रमा क्रियाशिल रायमाझीलाई कोरोना संक्रमण भएपछि विभिन्न संघ–संस्थाहरुले स्वास्थ्य लाभको कामना गरेका छन् ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij