२०८२, श्रावण ५ गते

Jul 21 2025 | २०८२, श्रावण ५ गते

सिर्सेनी समाज रुपन्देही गठन 

बुधवार , मंसिर १, २०७८

बुटवल । गुल्मीको मदाने गाँउपालिका वडा नम्बर तिन सिर्सेनी जन्मघर भई बिगत देखि बिभिन्न पेशा ब्यवसायमा आबद्ध रहेका र  बसाई सराई गरेर रुपन्देही आएका सिर्सेनी बासीहरुले कातिक  २७ गते शनिबार बुटवल बहमखि क्याम्पसमा  भेला आयोजनागरि संगठित भएका छन् ।

प्रेमचन्द्र अर्यालको अध्यक्षता र ब्यवसायी हरी प्रसाद अर्यालको आतिथ्यमा सर्वसम्मत रुपमा भिष्मराज अर्यालको अध्यक्षतामा पन्ध्र सदस्यीय तदर्थ कार्यसमिति गठन गरिएको छ । जसको उपाध्यक्षमा पत्रकार  ऋषि भट्टराई, सचिव महेन्द्र अर्याल , कोषाध्यक्ष पदम रेग्मी र  सहसचिवमा यमलाल अर्याल सहित सदस्यमा गौतम भट्टराई , घनश्याम पुरी ,भरत अर्याल,आदर्श कुमार भट्टराई, विनोद जिसि, हरी केसी ,विपना अर्याल ,मिनराज अर्याल ,अशोक केसी र उमानन्द अर्याललाई चयन गरिएको छ ।

ऋषि भट्टराइको संयोजकत्वमा पाँच सदस्यीय विधान मस्यौदा समितीपनि गठन गरिएको छ।  जसको सदस्यमा हरि अर्याल, पदम रेग्मी, भिष्मराज अर्याल ,प्रेमचन्द्र अर्याल र बिनोद भट्टराई रहेका  छन् । संगठनलाई पछि थपबिस्तार गर्नेगरि  हरि प्रसाद अर्याल र प्रेमचन्द्र अर्याल रहेको सानो दुई सदस्यिय सल्लाहकार समितीपनि गठन  गरिएको छ । नितान्त सेवाभावका साथ सामाजिक कार्य गर्ने र विभिन्न  समस्यामा पुलको कामगर्ने उदेश्यका साथ संस्थाको स्थापना भएको अध्यक्ष भिष्मराज अर्यालले बताएका छन् । कार्य समितीको अब बस्ने बैठकले बृहत भेलाको आयोजना गरी बिधानतथा संस्थाको बैधता सम्बन्धि सम्पुर्ण काम पुरा गरिने अध्यक्ष अर्यालले बताएका छन् ।