२०८२, श्रावण २ गते

Jul 18 2025 | २०८२, श्रावण २ गते

विश्व साइकलयात्री पुष्कर शाहलाई जेसीआई सिद्धार्थद्वारा सम्मान

आइतवार , आश्विन १८, २०७७

भैरहवा, १८ असोज ।
जेसीआई सिद्धार्थ, नेपालले विश्व साइकलयात्री पुष्कर शाहलाई आइतबार भैरहवास्थित जेसीज सचिवालयमा स्वागत तथा सम्मान गरेको छ । शाहलाई जेसीआई सिद्धार्थ वर्ष २०२० का अध्यक्ष मंगल भण्डारी, पूर्व अध्यक्ष सिनेटर गौरीशंकर भट्टराई, लेखनाथ भट्टराई, सुमन शर्मा र जेसीआई सिद्धार्थ लेडी नेपालका निवर्तमान अध्यक्ष पार्वती पौडेलले टीका लगाइ खादा ओढाएर सम्मान गरेका थिए ।

सो अवसरमा बोल्दै शाहले जेसीआई सिद्धार्थले सम्झिएर आफुलाई बोलाएकोमा खुशी व्यक्त गरे । उनले साइकल यात्रा स्वास्थ्यको लागि राम्रो रहेको र यो पर्यावरणीय दृष्टिकोणले पनि महत्वपूर्ण रहेको चर्चा गरे ।

माधव शर्माको आस्था पाठ तथा जेसीआई सिद्धार्थका महासचिव दिपक काफ्लेको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।