
भैरहवा ग्रीन सिटीका अध्यक्ष गिरी सम्मानित
सोमवार , कार्तिक २९, २०७८
भैरहवा, २९ कात्तिक ।
लायन्स क्लब इन्टरनेशनल डिष्ट्रिक ३२५ बी २ को डिजी प्रेसिडेन्ट मिट कार्यक्रम पोखरामा सम्पन्न भएको छ । कात्तिक २७ र २८ गते सम्पन्न उक्त कार्यक्रममा डिष्ट्रिकभरीबाट करिव २ सय क्लबका अध्यक्षहरूको उपस्थिति रहेको थियो । कार्यक्रमको डिष्ट्रिक गभर्नर राम प्रसाद भट्टले उद्घाटन गरेका थिए ।
लाइफ कोच तथा मोटिभेस्नल स्पिकर रविन कटवालले नेपालमा लायन्सवादको महत्व र मानवीय सेवामा यसले खेलेको भुमिका र लायन हुनुको सार्थकताबारे करिव ३ घण्टा प्रशिक्षण दिएका थिए । कार्यक्रममा पाष्ट डिष्ट्रिक गभर्नर प्रभात कुमार जोशी, भाइस डिष्ट्रिक गभर्नर सि.बी. चन्द र नवराज न्यौपाने लगायत सिनियर क्याविनेट अफिसरहरुको उल्लेख्य उपस्थिति रहेको थियो ।
डिष्ट्रिक भरिबाट विभिन्न विधामा उत्कृष्ट कार्य गर्ने विभिन्न क्लवका अध्यक्षहरुलाई अन्तर्राष्ट्रिय प्रेसिडेन्टको पिन प्रमाणपत्र तथा डिष्ट्रिक गभर्नरको मेडलद्वारा सम्मान गरिएको थियो ।
कार्यक्रममा एरिया–४ को लायन्स क्लब अफ भैरहवा ग्रीन सिटीका अध्यक्ष गोबिन्द प्रसाद गरी उत्कृष्ट क्लब अध्यक्षका रुपमा सम्मानित भएका थिए । डिष्ट्रिक्टभरीका उत्कृष्ट कार्य गर्ने क्लबमध्ये एरिया–४ को लायन्स क्लब अफ भैरहवा ग्रीन सिटीको डिष्ट्रिक गभर्नर रामप्रसाद भट्टले प्रशंसा गरेका थिए ।
भैरहवा ग्रीन सिटीले विगत २ वर्षदेखि भैरहवा तथा यस वरपरका क्षेत्रमा उत्कृष्ट मानवीय सेवाको कार्य गर्दै आएको छ । क्लवका अध्यक्ष गोविन्द प्रसाद गिरीले क्लबले गरेको निस्वार्थ सेवाको परिणाम स्वरुप डिष्ट्रिकले उच्च मुल्यांकन गरेको बताए । गिरीका अनुसार प्राप्त सम्मानका कारण लायन्स क्लब अफ भैरहवा ग्रीन सिटीलाई अझ राम्रा कामहरु गर्न थप प्रेरणा एवं हौसला मिलेको छ ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij