२०८२, श्रावण २ गते

Jul 18 2025 | २०८२, श्रावण २ गते

रोटरी क्लब अफ बुटवलको १३३२ औं बैठक

आइतवार , आश्विन १८, २०७७

बुटवल, १८ असोज । 
रोटरी क्लब अफ बुटवलको १३३२ औं नियमित बैठक शनिबार सम्पन्न भएको छ । बैठकमा बिजनेश एजेण्डामा छलफल भएको थियो ।

बैठकमा क्लबले अगाडि सारेका क्यान्सर स्क्रिनिङ सेन्टर, अक्सिजन प्लान्ट, मोवाईल ब्लड कलेक्सन भ्यान, इलर्निङ एन्ड साइन्स थिएटरको अहिलेसम्मको प्रगतिबारे जानकारी गराइएको थियो । 

क्लबले लुम्बिनी प्रादेशिक अस्पतालमा क्यान्सर स्क्रिनिङ सेन्टर, आम्दा अस्पताल बुटवलमा अक्सिजन प्लान्ट, र वनवाटिकामा इ–लर्निङ एण्ड साइन्स थिएटर स्थापनाको काम अगाडि बढाएको छ ।

बैठकमा क्लबका अध्यक्ष सुनिल श्रेष्ठले पाल्पाको रामपुरमा एक भेला गरी रोटरी क्लब गठन गरिएको जानकारी दिए । स्थानीय समाजेवी राजुप्रसाद श्रेष्ठलाई अध्यक्ष र सूर्य कुमार घिमिरेलाई सचिवको रुपमा प्रस्ताव गरिएको उनले बताए । बैठकमा क्लबका सचिव रोम शर्माले १३३१ औं बैठकका निर्णयका बारेमा जानकारी गराएका थिए । बैठकमा रोटरीयनहरु मणिरत्न पाण्डे, यदुनाथ पाण्डे लगायतले पनि आ–आफ्नो धारणा  राखेका थिए ।