२०८२, श्रावण ५ गते

Jul 21 2025 | २०८२, श्रावण ५ गते

सञ्चारकर्मीले सत्यलाई स्थापित गर्न सक्नुपर्दछ : अर्थमन्त्री शर्मा

आइतवार , कार्तिक २८, २०७८

कास्की, २७ कात्तिक। अर्थमन्त्री जनार्दन शर्माले सञ्चारकर्मीले जनताको अपेक्षा अनुसार सत्यलाई स्थापित गर्ने र गलत कार्यको विरोध गर्न सक्नुपर्ने बताएका छन्।

प्रेस सेन्टर नेपाल जिल्ला समिति कास्कीको नवनिर्वाचित कार्यसमितिको शुक्रबार पोखरामा आयोजना गरिएको पदस्थापन कार्यक्रममा उनले सञ्चार जगत्ले निरन्तर जनतालाई सुसूचित गराउने कार्यमा लाग्नुपर्नेमा जोड दिए। सङ्घीय लोकतान्त्तिक गणतन्त्र र प्राप्त उपलब्धिको रक्षाका लागि सङ्घर्षलाई स्थापित गर्ने र परिर्वतनको रक्षा गर्दे कार्यान्वयनमा रहेका अपूर्णतालाई पूर्णताका लागि सरकार र सम्बन्धित निकायलाई खबरदारी गर्ने काम सञ्चारकर्मीको रहेको मन्त्री शर्माले बताए।

नवनिर्वाचित अध्यक्ष कृष्ण दवाडीले पत्रकारिता तालिमलगायतबाट सञ्चारकर्मीको क्षमता विकास गर्दै पत्रकारिताको गुणात्मक विकासमा लाग्ने प्रतिबद्धता व्यक्त गरे। गत कात्तिक १७ गते सम्पन्न जिल्ला अधिवेशनले दवाडीको अध्यक्षतामा २१ सदस्सीय जिल्ला समिति सर्वसम्मत चयन गरेको थियो । प्रेस सेन्टरले शुक्रबारनै पोखरा महानगर समितिको पहिलो अधिवेशनबाट शिवराज बस्ताकोटीको अध्यक्षतामा ११ सदस्यीय पालिकाका कमिटी गठन गरेको छ । रासस