२०८२, कार्तिक २४ गते

Nov 10 2025 | २०८२, कार्तिक २४ गते

ट्रक र बस ठोकिँदा मकवानपुरमा २ जनाको मृत्यु

बुधवार , कार्तिक २४, २०७८

  • 2.4K
    Shares
  • 2.4K
    Shares
  • मकवानपुर, २४ कात्तिक । 

    मकवानपुरस्थित हेटौंडामा ट्रक र बस एक आपसमा ठोकिँदा दुईजनाको घटनास्थलमा नै मृत्यु भएको छ ।

    जनकपुरबाट काठमाडौँतर्फ आइरहेको ना७ख ८७६ नं. को रात्रि बसलाई विपरीत दिशाबाट आइरहेको प्रदेश-२-०३०१ख ५०३५ नंको ट्रकले मंगलबार राति हेटौँडास्थित नवलपुरमा ठक्कर दिँदा बसका ती यात्रुको घटनास्थलमै मृत्यु भएको हो ।

    मृतक यात्रुको सनाखत भइनसकेको र अनुसन्धान जारी रहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता जयश्वर रिमालले जानकारी दिए । उनले बसका घाइते १५ यात्रु र ट्रकको चालकको हेटौँडास्थित चुरेहिल र सहकारी अस्पतालमा उपचार भइरहेको बताए । रासस