२०८२, आश्विन ६ गते

Sep 22 2025 | २०८२, आश्विन ६ गते

धमौली स्वास्थ्य चौकीमा प्रयोगशाला सेवाको सुभारम्भ 

मंगलवार , कार्तिक २३, २०७८

  • 3.5K
    Shares
  • 3.5K
    Shares
  • भैरहवा। रुपन्देहीको मायादेवि गाँउपालिकाको धमौली स्वास्थ्य चौकीमा प्रयोगशाला सेवाको सुभारम्भ गरिएको छ। 

    मायादेवि गाँउपालिकामा रहेका स्वास्थ्य सस्थाबाट गुणस्तरीय र पुर्ण स्वास्थ्य सेवा प्रदान गर्ने उद्धेश्यले प्रयोगशाला सेवाको सुभारम्भ गरिएको पालिकाले जनाएको छ। 

    प्रयोगशाला सेवाको गाँउपालिकाका अध्यक्ष धुव्रनारायण चौधरीले सुभारम्भ गरेका हुन्। सो अबसरमा गाँउपालिका उपाध्यक्ष तारादेवि यादव, स्वास्थ्य सेवा शाखा प्रमुख भाष्कर आत्रेय, समाजसेवी श्रीराम यादव, नेपाली काग्रेस मायादेविका सभापति पदम भण्डारी, वडा सचिव रामकृष्ण दुषात, अनमी सीता फुलेल लगाएतले बोल्दै मायादेवि गाँउपालिकाले स्वास्थ्य क्षेत्रमा लगानी बढाएको बताउदै गुणस्तरीय सेवामा समेत उत्तिकै ध्यान दिएको बताए। 

    वडा नम्बर १ का वडा सदस्य राम औतार अहिरको अध्यक्षता, स्वास्थ्य चौकी प्रमुख नन्दराम पौडेलको सञ्चालन तथा अहेव शारदा पोखरेलको स्वागतमा सम्पन्न भएको थियो। 


    253482012_986116571938494_596663296890923160_n.jpg