२०८२, आषाढ २९ गते

Jul 13 2025 | २०८२, आषाढ २९ गते

सुपादेउराली मन्दिर :  मनले मागेको पुरा हुने देवीको मन्दिर

सोमवार , कार्तिक २२, २०७८

सुपादेउराली मन्दिर :  अर्घाखाँची जिल्लाको मध्यभागमा पर्ने सुपदेउराली मन्दिरमा भाकल गरेर मनले मागेको कुरा पुरा हुने किम्बदन्ती रहेको छ। अर्घाखाचीको  सन्धिखर्क गोरुसिङ्गे राजमार्गस्थित सुपाखोलाको पश्चिम पाउमा अवस्थित यो देवी मन्दिर नरपानी र फलामे दुवै अग्ला पहाडको वीचमा रहेको सुपादेउराली मन्दिर कहालीलाग्दो भीमकाय खोंचमा रहेको छ। बिहानै देखि भिडभाड लाग्ने उक्त मन्दिर सोमबार साझपख सरसफाई पछि भने सुन्दर र शान्त देखिएको थियो।  सुपादेउराली मन्दिर पछिल्लो समय पर्यटकिय गन्तव्यको रुपमा बिकास हुदै गएको छ। 

तस्वीर : मधुसुदन घिमिरे/खबरपात्रो