२०८२, कार्तिक २४ गते

Nov 10 2025 | २०८२, कार्तिक २४ गते

भैरहवामा मनाइयो नेपाल संवत ११४२

शनिवार , कार्तिक २०, २०७८

  • 2.4K
    Shares
  • 2.4K
    Shares
  • भैरहवा, २० कात्तिक ।
    नेवाः खलः सिद्धार्थनगरले शुक्रबार न्हूँ दँया भिन्तुना नेपाल संवत ११४२ नयाँ वर्ष मनाएको छ । खलका अध्यक्ष चन्द्रप्रकाश श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि शिक्षाविद् बालकृष्ण भट्टराइले यो कार्यक्रम नेवार जातिको मात्र नभएर सम्पूर्ण नेपालीको भएको बताए । उनले नेपाल र नेपाली चिनाउन यी कार्यक्रम नेवारी संस्कृतिले योगदान गरेको बताए ।

    कार्यक्रममा साहित्यकार एवं संस्कृतिविद प्रा.डा.गितु गिरी, प्रा.डा.कपिलदेव लामिछाने, प्राज्ञ बुंद राना, सिद्धार्थ साहित्य परिषद्का अध्यक्ष डिल्लीराज भट्टराई, वनमाली निराकार, समाजसेवी ओमकार गौचन, सल्लाहकार मीना श्रेष्ठ, विजय सागर श्रेष्ठ, िसद्धार्थ उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष ठाकुर कुमार श्रेष्ठ, इञ्जिनियर चन्द्रभक्त श्रेष्ठ लगायतले बोलेका थिए । 

    कार्यक्रम संयोजक कमलेश बहादुर श्रेष्ठको स्वागत तथा नेवाः खलः का सचिव सुरेश शेखर बज्राचार्यको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो । 

    IMG_8170.JPG

    राष्ट्रिय विभूति शंखधर साख्वाःले विसं ९३७ (इ सं ८८०) मा गरीब जनताको ऋण मोचन गरी नेपाल संवतको सुरुवात् गराएका थिए । विसं २००७ मा प्रजातन्त्रको स्थापना भएपछि नै नेपाल संवत्लाई राष्ट्रिय मान्यताका लागि अभियान चलाइएको हो । नेपाल संवत्लाई नयाँ वर्षका रुपमा विशेष रुपमा मनाउने गरिन्छ ।

    गरीब जनताको ऋण मोचन गराई सामाजिक सेवाको उत्कृष्ट नमूना प्रस्तुत गरेको र नेपालमा मौलिक संवत्समेत चलाएको कार्यको उच्च मूल्यांकन गर्दै २०५६ सालको नयाँ वर्षका दिनमा तत्कालीन प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईले साख्वालाई राष्ट्रिय विभूति घोषणा गरेका थिए ।

    विसं २०६५ मा प्रधानमन्त्री पुष्पकमल दाहालप्रचण्डले नेपाल संवतले राष्ट्रिय मान्यता पाउने घोषणा गरेका थिए । कात्तिक कृष्ण औँसीका दिन बही खाता बन्द गरी नयाँ वर्ष अर्थात् कात्तिक शुक्ल प्रतिपदाका दिन नयाँ बही खाताको सुरुवात् गर्ने परम्परा समेत काठमाडौँमा अझै छ ।