२०८२, पौष ३० गते

Jan 14 2026 | २०८२, पौष ३० गते

रुपन्देहीमा अवैध लागुऔषधसहित दुईजना पक्राउ

बिहिवार , कार्तिक १८, २०७८

  • 2.2K
    Shares
  • 2.2K
    Shares
  • भैरहवा, १८ कात्तिक ।
    रुपन्देही प्रहरीले अवैध लागुऔषधसहित दुईजनालाई पक्राउ गरेको छ ।

    पक्राउ पर्नेमा रुपन्देहीको बुटवल उपमहानगरपालिका–२ पाखापानीका ३८ वर्षिय राजु थापा क्षेत्री र बुटवल–११ देवीनगरका ४८ वर्षिय सुर्य प्रसाद ज्ञवाली रहेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक (डीएसपी) सत्यनारायण थापाले बताए ।

    ईलाका प्रहरी कार्यालय बुटवलबाट खटिएको टोलीले बुटवल उपमहानगरपालिका–२ पाखापानमा शंकास्पद अवस्थामा बसेका राजु र सुर्यको शरीर खानतलासी गर्दा उनीहरुको साथबाट १ ग्राम ३ सय मिलिग्राम ब्राउन सुगर र मोबाइल २ थान फेला परेको डीएसपी थापाले जानकारी दिए । फेला परेको लागुऔषध र मोबाइल बरामद गरी आवश्यक अनुसन्धान भइरहेको रुपन्देही प्रहरीले जनाएको छ ।