
शनिवार , आश्विन १७, २०७७
भैरहवा, १७ असोज ।
जनता माध्यमिक विद्यालय विजगौरी सम्मरीमाई गाउँपालिका–४, रुपन्देहीको विद्यालय व्यवस्थापन समितिको निर्वाचन शुक्रबार सम्पन्न भएको छ । निर्वाचनबाट विद्यालय व्यवस्थापन समितिको अध्यक्षमा राजाराम धोबी विजयी भएका छन् ।
धोबीले १६६ मत प्राप्त गरेका छन् भने उनका निकटमत प्रतिद्वन्द्वी अध्यक्षका अर्का उम्मेदवार राममिलन मल्लाहले ११६ मत ल्याएका छन् ।
त्यस्तै व्यवस्थापनमा समितिको सदस्यमा ११० मत प्राप्त गरी राजकुमार अहिर, १६६ मत प्राप्त गरी राधिका मल्लाह, १६५ मत प्राप्त गरी विमला धोबी विजयी भएका छन् । उनीहरुका निकटतम प्रतिद्वन्द्वी क्रमशः मनोज कुमार केवटले ११०, मीना केवटले ११० र संगिता चमारले १०८ मत ल्याएका छन् । निर्वाचनमा जम्मा ३१३ मतमध्ये २९१ मत खसेको निर्वाचन अधिकृत लक्ष्मी पराजुलीले बताइन् ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij