images

शुक्रवार, बैशाख २१ गते २०८१

राष्ट्रिय युवा संघ सिद्धार्थनगर–१० को अध्यक्षमा राजेश यादव

राष्ट्रिय युवा संघ सिद्धार्थनगर–१० को अध्यक्षमा राजेश यादव

images
images
images
बुधवार, कार्तिक १७ २०७८
बुधवार, कार्तिक १७ २०७८
  • राष्ट्रिय युवा संघ सिद्धार्थनगर–१० को अध्यक्षमा राजेश यादव

    भैरहवा, १७ कात्तिक ।
    नेकपा (एमाले) निकट राष्ट्रिय युवा संघ, नेपाल सिद्धार्थनगर नगरपालिका वडा नम्बर १० को प्रथम वडा अधिवेशन मंगलबार सम्पन्न भएको छ । अधिवेशनले राजेश यादव (राजु)को अध्यक्षतामा २७ सदस्यीय नयाँ वडा कार्यसमिति सर्वसम्मत निर्वाचित गरेको छ । जसको उपाध्यक्षमा कृष्ण नारायण कुर्मी, सचिवमा विरेन्द्र यादव र सह-सचिवमा हिरा प्रजापति रहेको राष्ट्रिय युवा संघ सिद्धार्थनगरका सचिव रोशन थापाले बताए ।

    images
    images
    images

    कार्यक्रममा बोल्दै राष्ट्रिय युवा संघ सिद्धार्थनगरका अध्यक्ष कृष्ण मल्ल ठकुरीले अबको युवाहरुले पार्टीको नेतृत्व गर्न सक्ने बताए । उनले युवाहरु सिर्जनशिल कार्यमा लागेको बताए । कार्यक्रममा नेकपा (एमाले) सिद्धार्थनगर वडा नम्बर १० का अध्यक्ष कपिलदेव गिरी, युवा संघ सिद्धार्थनगरका उपाध्यक्ष प्रविन आचार्य लगायतको आतिथ्यता रहेको थियो ।

    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij