२०८२, श्रावण ७ गते

Jul 23 2025 | २०८२, श्रावण ७ गते

शिक्षामन्त्री वसिउद्दीन खाँद्वारा मर्चवारीदेवी मन्दिरमा पूजाअर्चना

मंगलवार , कार्तिक १६, २०७८

भैरहवा, १६ कात्तिक । 
लुम्बिनी प्रदेश सरकारका शिक्षा, विज्ञान, युवा तथा खेलकुद मन्त्री वसिउद्दीन खाँले रुपन्देहीको मर्चवारी गाउँपालिका–५ स्थित मर्चवारीदेवी मन्दिरमा सोमबार पूजाअर्चना गरेका छन् । 

नेपाली कांग्रेस मर्चवारी गाउँपालिकाले आयोजना गरेको मन्त्री खाँको स्वागत तथा सम्मान कार्यक्रममा सहभागि हुन मर्चवार पुगेका उनले मन्दिरमा पुगेर पूजाअर्चना गरेका हुन् ।

IMG_7782.JPG

धार्मिक आस्थाको केन्द्रको रुपमा रहेको मर्चवारीदेवी मन्दिरको विकासका लागि आफू लागिपरेको उनले बताए । मन्त्री खाँलाई नेपाली कांग्रेसका नेता, कार्यकर्ता तथा स्थानीयले स्वागत गरेका थिए ।

IMG_7758.JPG

IMG_7760.JPG

त्यस्तै मन्त्री खाँले दुर्गा मूर्ति बिसर्जनका क्रममा नदीमा डुबेर मृत्यु भएका कोटहीमाई गाउँपालिका–४ कदमहवाका स्व. अनिल चौधरीको परिवारसंग भेटघाट समेत गर्नुभएको कांग्रेस युवा नेता कमलेश उपाध्यायले बताए ।