२०८२, कार्तिक २४ गते

Nov 10 2025 | २०८२, कार्तिक २४ गते

लागुऔषधसहित रुपन्देहीबाट एकजना पक्राउ

शनिवार , कार्तिक १३, २०७८

  • 2.3K
    Shares
  • 2.3K
    Shares
  • भैरहवा, १३ कात्तिक ।
    रुपन्देही प्रहरीले अवैध लागुऔषधसहित एकजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा रुपन्देहीको कञ्चन गाउँपालिका–१ सानो उदालीका ४८ वर्षिय सिमा कुमारी श्रीष रहेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक (डीएसपी) सत्यनारायण थापाले बताए ।

    ईलाका प्रहरी कार्यालय सालझण्डीबाट खटिएको टोलीले कञ्चन गाउँपालिका–१ सानो उकालीका ४८ वर्षिय सिमा कुमारी श्रीषको घर कोठा खानतलासी गर्दा उनको साथबाट खैरो हिरोइन जस्तो देखिने धुलो पदार्थ ३ ग्राम ३ सय मिलिग्राम फेला परेको डीएसपी थापाले जानकारी दिए । लागुऔषध बरामद गरी श्रीषलाई नियन्त्रण लिएर आवश्यक अनुुसन्धान भइरहेको रुपन्देही प्रहरीले जनाएको छ ।