
बिहिवार , कार्तिक ११, २०७८
बुटवल, ११ कात्तिक ।
नेपाल सम्वत ११४२ को अवसरमा नेवाः समाज विकास परिषद, बुटवल रुपन्देहीले वृहत सचेतनामूलक साईकल र्याली गरी मनाउने भएको छ । शंखध्वर साख्वाले तत्कालिन समयमा आफै सम्पतिबाट किसानलाई ऋण मिनाहा गराएर जनतालाई स्वतन्त्र बनाएको दिनको रुपमा नेपाल सम्वत मनाइँदै आएको छ । रुपन्देहीमा क्रियाशिल नेवा संस्थाहरुको आयोजनामा यही कात्तिक १९ गते गर्ने भएको संयुक्त बैठकले निर्णय गरेको हो । संयुक्त राष्ट्र संघमा नेपालको भाषा र सम्वतका रुपमा रञ्जना लिपि र नेपाल सम्वत मान्यता पाएको हुँदा पनि यो सबै नेपालीको साझा सम्वत भएको नेवापुज, नेवा समाज विकास परिषद्का अध्यक्ष काजीमान श्रेष्ठले बताए ।
नेवा सेवा समितिका अध्यक्ष चिरिन्जवी श्रेष्ठ, नेवा समाज अर्घाखाँचीका अध्यक्ष बाबुराम श्रेष्ठ, हुमिन नेवा पुचका अध्यक्ष डिल्ली कुमार श्रेष्ठ, भिं द्य नेवा पुचका अध्यक्ष सृजना श्रेष्ठ, गणेश नेवा समाजका अध्यक्ष गुप्तबहादुर प्रधान, तिलोत्तमा नेवा मैजु खलका कोषाध्यक्ष मुना श्रेष्ठ, पुचका सचिव लक्ष्मी श्रेष्ठले धर्म संस्कृतिको जर्गेनामा सबै एकताबद्ध भएर लाग्नुपर्ने बताए ।
कार्यक्रम आयोजनाका लागि ज्ञानी पोली टंयाक र बाग्मती मोटरसाइकल सेन्टरले टिसर्ट सौजन्य भएको पुचका उपाध्यक्ष तथा कार्यक्रम संयोजक रबिन्द्र कक्षपतिले बताए । रुपन्देहीका आधा दर्जन साईकल क्लबहरुको सहकार्यमा हुने कार्यक्रममा नेवा पुच भवनबाट सुरु भएर बुटवल उपमहानगरपालिका, तिलोत्तमा नगरपालिकासहित नगर परिक्रमा गरेर पुल्चोक दुर्गा मन्दिरमा समापन गरिने उनले बताए ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij