२०८२, श्रावण ८ गते

Jul 24 2025 | २०८२, श्रावण ८ गते

शैक्षिक सामग्री वितरण 

आइतवार , कार्तिक ७, २०७८

बुटवल, ७ कात्तिक ।
किवानीज इन्टरनेशनल सेन्टर बुटवलले बुटवल उपमहानगरपालिका वडा नम्बर १९ को मनोहरापुरस्थित अमर माविका विद्यार्थीहरुलाई शैक्षिक सामग्री वितरण गरेको छ । किवानीज वन डे को अवसरमा क्लबले शनिबार विद्यालयका २३ जना गरीब तथा जेहेन्दार विद्यार्थीहरुलाई कापी कलम, पेन्टिङ सामग्रीसहित शैक्षिक सामग्रीको व्याग हस्तान्तरण गरी दिवस मनाएको हो । हरेक वर्ष २३ अक्टोबरका दिन किवानीज वन डे का रुपमा मनाइदै आएको अध्यक्ष अध्यक्ष टिकाराम पाण्डेले बताए । 

एक कार्यक्रमकाबीच क्लबका अध्यक्ष टिकाराम पाण्डे, निर्वाचित अध्यक्ष गोपाल ज्ञवाली, निवर्तमान अध्यक्ष मनोज राना, प्रदेश संयोजक तथा संस्थापक अध्यक्ष बालकृष्ण अर्याल, पूर्व अध्यक्ष विष्णुप्रसाद चापागाई, सचिव सागर गौतम, सदस्यहरु निरज श्रेष्ठ, ओमप्रसाद अर्याल, विद्यालयका प्राचार्य मातृका प्रसाद वाग्लेले बालबालिकाहरुलाई सामग्री हस्तान्तरण गरेका छन् । 

बुटवल उपमहानगरपालिका भित्र रहे पनि विकासबाट पिछडिएको सो विद्यालयलाई रोजेर वार्षिक कार्यक्रम गर्दै आएको प्रदेश संयोजक तथा संस्थापक अध्यक्ष बालकृष्ण अर्यालले बताए । 

त्यसै गरी कक्षा १ देखि ५ सम्मका २३ जना विद्यार्थीहरुमाझ खुला चित्रकला प्रतियोगिता समेत गरिएको छ । बालबालिकाहरुलाई रुचि अनुसार विभिन्न चित्र कोरेर रंगरोगन गरेका थिए । 

प्रतियोगितामा दिपा थारु प्रथम हुँदै नगद ३ सय रुपैयाँ, त्यसै गरी आशिका थारु द्वितीय स्थान हासिल गर्दै नगद २ सय रुपैयाँ तथा राहुल यादव र सिजन परियार तृतीय, सान्त्वना हुने रामनारायण यादव र अश्विन यादवलाई नगदबाट पुरस्कृत गरिएको थियो । किवानीजले विश्वव्यापी रुपमा आयोडिनयुक्त नुन अभियान चलाएको छ । विश्वव्यापी रुपमा रहेको क्लबको हाल रुपन्देहीमा ३ वटा शाखाहरु छन । विद्यालय परिसरमा निर्माण गरिएको फलामे पिङसमेत हस्तान्तरण गरिएको छ ।