
आइतवार , कार्तिक ७, २०७८
भैरहवा, ७ कात्तिक ।
जगन्नाथपुरीस्थित गोबद्र्धन मठका शंकराचार्य स्वामी श्रीनिश्चलानन्द नेपाल आउने कार्यक्रमको तयारी पूरा भएको आयोजकले बताएका छन् । भैरहवामा आयोजित धर्मसभालाई सम्बोधन गर्न स्वामी श्रीनिश्चलानन्द नेपाल आउन लागेको धर्म सभा मूल आयोजक समितिका संयोजक समेत रहेका नेपाल उद्योग वाणिज्य महासंघ लुम्बिनी प्रदेशका अध्यक्ष कृष्ण प्रसाद शर्माले बताए ।
सभामा स्वामी श्रीनिश्चलानन्दसहित महामन्डलेश्वर स्वामी आत्मानन्द गिरी, नेपाल सन्त समाजका अध्यक्ष स्वामी ज्ञानानद्य सरस्वती, महेश सन्यास आश्रमका डा.रमणानन्द गिरी, डा. चिन्तामणी योगी, डा. गुरुप्रसाद सुवेदी, नेपाल बैष्णव परिषदका अध्यक्ष स्वामी देवराज आचर्य, स्वामी विवेकानन्द, स्वामी रघुनन्दन गिरी, स्वमी कमलनयनाचार्य, स्वामी स्वरुपानन्द सरस्वती, स्वामी दामोदरानन्द सरस्वती, स्वामी लोकानन्दजी, डा. लेखनाथ आचर्य, स्वामी निशेषनन्द , श्रीत महाराज, स्वामी निग्मानन्दहरुको सहभागिता हुने मूल आयोजक समितीका सदस्य ब्यासाचार्य किशोर गौतमले बताए ।
सभामा स्वामी लोमस गिरी, डा. रबिन्द्र, राघबेन्द्र महाराज, दामोदर बाबा, धर्मपाल, योगी सोमराज, सन्त दिनदयाल, डा. गुरुप्रसाद, चैतन्य, शंकर पान्डे, जनकपुरी महाराज, बालयोगी जी, डा. रामचन्द्र, दीपक प्रकाश, शंकर खराल, डा. भोलानाथ योगी, सन्तोष पटेल, बाबा योगिराज सहित देशभरका सनातन धर्मका प्रकान्ड विद्वानहरुको उपस्थिति रहने ब्यासाचार्य गौतमले बताए ।
कार्तिक ७ गते कक्रहवा नाका (लुम्बिनी नजिकै) बाट नेपाल प्रवेश गर्ने शंकाराचार्य स्वामी श्रीनिश्चलानन्दको स्वागत सीमामा लुम्बिनी सांस्कृतिक नगरपालिका प्रमुख मनमोहन चौधरीसहित धर्मगुरुहरुले गर्ने कार्यक्रम तय भएको छ ।
हिन्दू धर्मका धर्माचार्य तथा धर्मगुरुहरुमा वर्तमान समयमा सबैभन्दा उच्च पदमा रहेका शंकराचार्य स्वामी श्री निच्चलानन्द.सरस्वती जी महाराज नेपाल आउने भएपछि नेपालका सबै हिन्दू धर्मसंग सम्बन्धीत संघसंस्थाका प्रमुख तथा मन्दिर एवं पीठका पीठाधिसहरु भैरहवा भेला हुने भएका हुन् ।
ब्यासाचार्य किशोर गौतमले धर्मसभामा हिन्दू धर्मप्रति आस्थावान ओमकार परिवारका सबैलाई सहभागि हुन अनुरोध समेत गरे । डा. चिन्तामणी योगिले भने, “धर्मसभा पश्चात कार्यपत्र समेत प्रस्तुत हुनेछ । उक्त कार्यपत्रमाथि गहन रुपमा छलफल समेत हुनेछ ।” हिन्दू राष्ट्र स्थापना गर्ने उद्देश्यसहित कार्यक्रम गरिएको उनले बताए ।
धर्मसभाको पुर्वसन्ध्यामा भैरहवामा शोभायात्रा निकाल्ने तयारी पनि भएको छ । शोभा यात्रामा विभिन्न संघ–संस्थाको संस्थागत सहभागिता रहने आयोजक समितिका सदस्य नरेन्द्र प्रसाद रौनियारले बताए ।
शंकाराचार्यको नेपाल बसाईलाई भब्य र सभ्य रुपमा सफल पार्न सम्पुर्ण तरिकाले चुस्त रुपमा तयारी गरिएको कार्यक्रमका सह–संयोजक समेत रहेका सिद्धार्थ उद्योग बाणिज्य संघका वरिष्ठ उपाध्यक्ष ठाकुर कुमार श्रेष्ठले बताए ।
कक्रहवामा स्वागत, शोभा यात्रा, धर्मसभा तथा सहभागिहरुको लागि व्यवस्थित ढंगले व्यवस्थापन गर्ने गरी यथेस्ट संख्यामा स्वयंसेवक परिचालन गरिएको स्वयंसेवक समितिका संयोजक शिब मल्लले बताए । सनातन धर्मको संरक्षण, सम्बद्र्धन र प्रबद्र्धनको लागि शंकराचार्यको नेपाल भ्रमण प्रभावकारी हुने अपेक्षा गरिएको छ ।
विभिन्न विषयमा करिब ५ सय भन्दा बढी पुस्तकका लेखक समेत रहेका जगन्नाथधामका प्रमुख श्रीमज्जगदगुरु शंकराचार्य स्वामी श्री निच्चलानन्द.सरस्वती जी महाराजलाई यसअघि नेपाल सरकारले राजकीय सम्मानसहित काठमा(डौंमा तीनवर्ष पहिले तत्कालिन प्रधानमन्त्री के.पी शर्मा ओलीले सम्मान गरेका थिए । ०७५ वैशाख ३० गतेदेखि जेठ गतेसम्म त्यतिबेला शकाराचार्यले नेपाल भ्रमण गरेका थिए ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij