२०८२, श्रावण ३ गते

Jul 19 2025 | २०८२, श्रावण ३ गते

कोरोना उपचार कोषमा थप १० करोड निकासा दिने प्रदेश ५ सरकारको निर्णय

शुक्रवार , आश्विन १६, २०७७

भैरहवा, १६ असोज ।
प्रदेश ५ मन्त्रिपरिषद्को शुक्रबार बसेको बैठकले कोरोना भाइरस नियन्त्रण तथा उपचार कोषमा थप १० करोड निकासा दिने निर्णय गरेको छ । यस अघि १० करोड रुपैंया राखेर कोष स्थापना गरिएको थियो ।

त्यस्तै बैठकले प्रदेश प्रशिक्षण प्रतिष्ठानको कार्यकारी निर्देशकमा बर्दिया गुलरियाका मोतीप्रसाद शर्मालाई नियुक्त गर्ने निर्णय गरेको छ ।

त्यसै गरी उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय र भौतिक पूर्वाधार विकास मन्त्रालयमा अस्थायी दरबन्दी स्विकृत गर्ने बैठकले निर्णय गरेको छ । गत वर्षदेखि नै कामकाज गर्दै आइरहेकाहरुको यस वर्ष पनि दरबन्दी स्विकृत गरिएको हो ।